Connect with us
Kapilvast Forest

भारतमा एक सातामा थप १० जना नेपाली मृत्यु

२०७८, २० बैशाख सोमबारमा प्रकाशित

 

लण्डन -भारतमा यस साता थप १० जना नेपालीको मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमण हुने नेपालीको संख्या ७१ पुगेको गैरआवासीय नेपाली संघले जनाएको छ ।

यो साता साउदीमा पनि थप एक जनाको संक्रमणका कारण ज्यान गएको छ । संघको स्वास्थ्य समितिले शनिबार साँझसम्म तयार पारेको तथ्याङ्क अनुसार भारत सहित विश्वभर २१ मुलुकमा रहेका ३ सय ८२ जना नेपालीको कोभिड–१९ का कारणले निधन भएको छ ।

भारतमा रहेका २० हजार भन्दा बढी नेपालीलाई कोरोना संक्रमण भएको संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार ती मध्ये १७ हजार भन्दा बढी कोरोनामुक्त भएका छन् ।

अहिलेसम्म विश्वका ५४ मुलुकमा ८६ हजार ६ सय ७९ जना नेपालीमा कोरोना संक्रमण हुँदा ८२ हजार १ सय ९७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो साता मलेसिया, भारत, कुवेत, युएई, र साउदी अरेबियामा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu