Connect with us
Kapilvast Forest

दाङमा तीन दिनमा तीनजना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु

२०७८, २१ बैशाख मंगलवारमा प्रकाशित

corona_Newscenternepal

दाङ स- कोरोना भाइरस संक्रमणबाट दाङमा पछिल्लो तीन दिनमा तीन जना शिक्षकको मृत्यु भएको छ।तुलसीपुरको महेन्द्र माध्यमिक विद्यालयका ५३ वर्षीय शिक्षकको मृत्यु भएको छ। उनको मंगलवार बिहान मृत्यु भएको विद्यालयले जनाएको छ। पेशाप्रति इमान्दार, लगनशील, कर्तव्यनिष्ठ, सरल स्वभाव शिक्षकलाई गुमाउनु पर्दा विद्यालयलाई अपुरणीय क्षति भएको विद्यालयका प्रधानाध्यापक तिजबहादुर थापा बताउनुभयो ।

यस्तै, बबई गाउँपालिका–६, पञ्चकुलेस्थित मोर्डन दिग्दर्शन बोर्डिङ स्कुलका प्रिन्सिपल तथा बबई गाउँ शिक्षा समितिका सदस्यको सोमबार मृत्यु भएको छ। उहाँलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटो मै मृत्यु भएको बबई गाउँपालिकाका स्वास्थ्य संयोजक हेमराज वलीले जानकारी दिनुभयो ।

शान्तिनगर गाउँपालिका–५ बाघढोइका ५० वर्षीय शिक्षकको काठमाडौंमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको छ। उनी स्थानीय निजी विद्यालयको शिक्षक हो। उहाँलाई कोरोना विशेष अस्पताल बेलझुण्डीबाट थप उपचारको लागि काठमाडौं लगिएको थियो।

दाङमा बैशाख १ गतेदेखि बैशाख २० गतेसम्म १ हजार ७३७ जना कोरोनाबाट संक्रमित भएका छन्। तीमध्ये २३७ जना कोरोनामुक्त भइसकेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। अहिले सक्रिय संक्रमितको संख्या १ हजार ५०२ जना रहेको छ। यस्तै, अहिलेसम्म कोरोना संक्रमणबाट ८७ जनाको मृत्यु भइसकेको छ।

दाङमा सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिकामा सक्रिय संक्रमित रहेका छन्। उपमहानगरमा सोमवारसम्म सक्रिय १ हजार ३३ जना रहेको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिनुभयो । त्यस्तै, सोमवारसम्म ३९ जनाको मृत्यु भइसकेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu