Connect with us
Kapilvast Forest

बाटो अवरोध गर्नेलाई सिडियोले पन्छाए

२०७८, २१ बैशाख मंगलवारमा प्रकाशित

प्यार अलि खान
उपचार गर्न जाने विरामीलाई लक्षित गर्दै अवरोध गरिएको बाटो सिडियोले पन्छाएका छन्।
जिल्ला अस्पताल प्यूठान विजुवारले साविक जिल्ला स्वास्थ्य कार्यालयको भवनमा संचालन गरेको आईसोलेशन सेन्टर जाने मुख्य बाटोमा अवरोध गरिएको तारबारलाई सोमबार प्रहरी तथा सशत्र प्रहरी सहित पुगेका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले अवरोध हटाएका छन्।
कोभिड बिरामीको प्रारम्भिक रोग परीक्षण तथा उपचार हुने उक्त आईसोलेशन सेन्टरमा ५ जना कोभिड बिरामीहरूको उपचार चलिरहेको छ।
बिजुवारका स्थानीयहरुले बिजुवारमै तयार गरिएको निर्माण व्यवसायी संघको भवनमा अवस्थित आईसोलेशन् सेन्टर जाने बाटोमा समेत अवरोध सिर्जना गरेको प्रमुख जिल्ला अधिकारी भुसालले बताए। ‘पहिलो पटकलाई सम्झाई-बुझाई गरेर अवरोध हटाएको छु।’ भुसालले भने, ‘पुनः अवरोध गरे कडा कानुनी कारवाही गरिनेछ।’ स्थानीय बासिन्दाहरुले महामारीको यो समयमा आफु सुरक्षित हुँदै सामाजिक एकता आपसी भाईचारा सम्बन्धको विकासमा जोड दिनुपर्नेमा प्रमुख जिल्ला अधिकारी भुसालले जोड दिए।
सार्वजनिक क्षेत्रमा अनावस्यक वादविवाद तथा अवरोध गर्ने हरकोहीलाई स्थानीय प्रसाशन ऐन २०२८ तथा संक्रामक रोग ऐन २०२० बमोजिम कडा कानुनी कारवाही हुने जिल्ला प्रशासन कार्यालय प्युठानले जनाएको छ। मंगलबार नै प्रमुख जिल्ला अधिकारी भुसालले भिंग्रीमा तयार गरिएको २५ बेडको आईशोलेसन् सेन्टरको समेत अनुगमन गरेका छन्।
जिल्लामा मंगलबारसम्म सक्रिय संक्रमितको संख्या २ सय ३४ जना पुगेको छ भने कोरोनाबाट हालसम्म १६ जनाले ज्यान गुमाई सकेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu