Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेशमा ७ सय ६३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण ,सबैभन्दा बढी बाँकेमा

२०७८, २५ बैशाख शनिबारमा प्रकाशित

corona

बुटवल-लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा कार्यरत ७ सय ६३ जना स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म ७ सय ६३ जना स्वास्थ्यकर्मी संक्रमीत हुँदा ५ जनाको मृत्यु भएको छ।

संक्रमितमध्ये ६ सय ५४ जना संक्रमणमुक्त भएको प्रदेश स्वास्थ्य निर्देशक डा। बिनोद गिरीले जानकारी दिनु भयो ।गिरिका अनुसार अहिले पनि विभिन्न जिल्लामा १ सय ४ जना स्वास्थ्यकर्मी सक्रिय संक्रमित छन्।यो अवधिमा सबैभन्दा बढी बाँकेमा २ सय ३६ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्।

त्यसमध्ये १ सय ५७ जना निको भएका छन् भने २ जना सुर्खेतका स्वास्थ्यकर्मीको बाँकेमा मृत्यु भएको स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाएको छ।जिल्लामा ७७ जना स्वास्थ्यकर्मी अहिले पनि सक्रिय संक्रमित छन्।

त्यस्तै १ सय १५ जना स्वास्थ्यकर्मी संक्रमीत भएको रूपन्देहीमा १ सय १२ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको छ। दुई जना सक्रिय संक्रमित छन्।

कपिलवस्तुमा ९८ जना स्वास्थ्यकर्मी संक्रमितमध्ये ८२ जना निको भएका छन् भने १६ जना विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेकोे निर्देशनालयले जनाएको छ ।

पाल्पा र दाङमा पनि १र१ जना स्वास्थ्यकर्मीको कोरोना संक्रमण पछि मृत्यु भएको छ। निर्देशनालयका अनुसार पाल्पामा ९१ जना संक्रमितमध्ये एक जनाको मृत्यु भएबाहेक सबै संक्रमणमुक्त भएका छन् भने दाङमा ६४ जना संक्रमित मध्ये ६२ जना निको भएको र १ जनाको मृत्यु भएको छ।

त्यस्तै बर्दियामा ५५ जना संक्रमित मध्ये ५१ जना संक्रमण मुक्त छन्।प्यूठानमा ४०, नवलपरासी पश्चिममा १८, अर्घाखाँचीमा १४, गुल्मीमा १० तथा रोल्पा र रुकुम पूर्वमा १र१ जना स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भएका छन्।

प्यूठानका संक्रमितमध्ये ४ जना अहिले पनि सक्रिय संक्रमितको रूपमा रहेका छन् भने नवलपरासी, अर्घाखाँची, गुल्मी, रोल्पा र रुकुमका सबै स्वास्थ्यकर्मी कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu