Connect with us
Kapilvast Forest

प्यूठानमा कोरोनाबाट २२ जनाको ज्यान गयो

२०७८, २५ बैशाख शनिबारमा प्रकाशित

प्यार अलि खान-

प्युठानमा एकैदिन दुई जना कोरोना संक्रमितको ज्यान गएसंगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२ पुगेको छ।
जिल्लाको सरुमारानी गाउँपालिका–२ दर्भानका ३८ वर्षीया एक पुरुषको उपचारको क्रममा ज्यान गएको गाउँपालिकाका स्वास्थ्य संयोजक टेकेन्द्र रायमाझीले जनाकारी दिएका छन्।
१९ वैशाखमा पोख्रेलको बुटवल स्थित नेशनल प्याथोलोजिमा एन्टिजिन परिक्षण गर्दा पोजेटिभ देखिएको थियो। उनलाई होम आइसोलेसनबाट शुक्रबारमात्र जिल्ला अस्पताल बिजुवारमा ल्याइएको रायमाझीले बताए।
त्यस्तै, ऐरावती गाउँपालिका– ४ का ७४ बर्षिय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय प्युठानका कोरोना फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिएक छन्।
शुक्रबार एन्टिजेन परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। दुबै पुरुषको जिल्ला अस्पताल बिजुवारमा उपचारका क्रममा शनिबार ज्यान गएको हो।
जिल्लामा पछिल्लो समय युवा अवस्थाकै मानिसहरूले ज्यान गुमाउन थालेपछि सन्त्रास फैलिएको नागरिक सरोकार समाजका संयोजक सुमन सुवेदीले बताए।
कोरोनाबाट बच्न आत्मविश्वास, कर्तव्यबोध तथा आत्मानुशासनमा हरेक नागरिक रहन पर्नेमा सुवेदीले जोड दिए।
श्वासप्रश्वासमै सिधा आक्रमण गर्ने कोरोनाको दोस्रो लहरबाट नागरिकहरुलाई बचाउँन जिल्लामा अक्सिजन सहितको आईसोलेशन सेन्टर बनाउन स्थानीय सरकार तथा सम्बन्धित निकाय तातेका छन्

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu