Connect with us
Kapilvast Forest

एनआरएनएले २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने

२०७८, २६ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं-गैरआवासीय नेपाली संघ (एनआरएनए)ले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता शुक्रबार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गैरहेको कोरोना भाइरसविरुद्ध लड्दै गरेका विरामीहरुका लागि १ सय वटा अक्सिजन कन्सनट्रेटरहरु पठाउने निर्णय गरेको हो एनआरएन प्रचार विभागका चिरन शर्माले जानकारी दिनुभयो ।

बैठकमा गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा संजिव सापकोटाले नेपालमा कोभिड १९ विरुद्ध लड्नको लागि तत्काल अक्सिजन सिलिन्डर लगायतको समस्या रहेको बताउँदै अल्पकालिन तथा दिर्घकालीन योजना सहित अघि बढ्नु पर्ने सुझाव दिएका थिए।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu