Connect with us
Kapilvast Forest

नेपाली महिला पर्वतारोही माया शेर्पा आरोहण रोकेर अस्पतालमा

२०७८, २६ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं-नेपाल सगरमाथा आरोही संघकि अध्यक्ष माया शेर्पा धौलागिरी हिमाल आरोहण अभियान बिचैमा छोडेर काठमाडौं फर्केर अस्पताल भर्ना हुनुभएको छ । उहाँले आफ्नो फेसबुक पेजमा

आफूलाई पनि कोभिडको लक्षण रहेकोले हिजो धौलागिरि बेसक्याम्पबाट बचाइएको कुरा उल्लेख गनुृ भएको छ । उहाँले आज पीसीआरको नतिजा प्राप्त गरेको तथा जसमा कोभिड पोजिटिभ देखिएको जानकारी दिनुभएको छ ।डाक्टरहरूले केही हप्ता अस्पतालमा बस्न सुझाव दिएको उहाँले उल्लेख गर्नु भएको छ ।

केहीदिन अघि मात्र अन्य ५ जना महिला सहित पहिलो पटक कठिन हिमाल अन्नपूर्णमा पहिलो नेपाली महिला आरोहीका रुपमा माया शेर्पा शिखरमा पुग्न सफल हुनुभएको थियो । उहाँको स्वास्थ्यमा अचानक समस्या आएपछि उहाँ हेलिकप्टरमा हिजो काठमाडौं आउनुभएको थियो ।

विश्वको सर्वोच्च शिखरका साथै दोश्रो ठुलो हिमाल केटु समेत सफल आरोहण समेत गरिसकेकि माया नेपाल पर्वतारोहण संघकि उपाध्यक्षका रुपमा पनि क्रियाशील रहनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu