Connect with us
Kapilvast Forest

पत्रकार महासंघ कपिलवस्तुलाई ११ सय बढी मास्क

२०७८, २६ बैशाख आईतवारमा प्रकाशित

कपिलवस्तु –कोरोना संक्रमण तीब्ररुपमा फैलिरहेका बेला पत्रकार महासंघ कपिलवस्तुलाई ११ सय बढी मास्क प्रदान गरिएको छ । फ्रन्टलाईनमा जोखिम मोलेर आफनो कार्य क्षेत्रमा खटेर काम गरीरहेका संचारकर्मीकालागि ३ जना समाजसेबीले महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यलाई सो हस्तान्तरण गर्नु भएको हो ।

माहुरी होमका अध्यक्ष रबि ठाकुरले १ सय २० थान एन ९५ मास्क, समाजसेवाी तथा वडा नम्बर १ का अध्यक्ष सुदीप पौडेलले ५ सय थान सर्जिकल मास्क तथा केही थान सेनिटाईजर प्रदान गर्नु भएको हो । यस्तै कपिलवस्तु नगरपालिदकाका वडा नम्बर २ बर्गदवा का समाजसेबी अशोक गुप्ताले ५ सय थान सर्जिकल मास्क उपलब्ध गराउनुभएको हो ।

जोखिम मोलेर काम गर्ने पत्रकारलाई उत्साह थप्न सो सो सामाग्री प्रदान गरिएको वडाअध्यक्ष सुदीप पौडेलले बताउनु भयो । माहुरी होमका अध्यष रबि ठाकुरले पत्रकारलाई कार्य स्थलमा काम गर्न जोखिम हुने भएकाले त्यसलाइृ मध्यनजर गर्दै मास्क र सेनिटाईजर उपलबध गराइएको बताउनु भयो ।

महासंघका जिल्ला अध्यक्ष बज्राचार्यले सहयोगी हातहरुमा हार्दिक आभार ब्यक्त गर्दै जोखिम मोलेर काम गर्ने पत्रकारहरुलाई साथ दिन आग्रह गर्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu