Connect with us
Kapilvast Forest

काठमाडौंका ठूला भवनलाई आइसोलेसन केन्द्र बनाउँछौं : उपप्रधानमन्त्री पोखरेल

२०७८, २८ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं – उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंमा उपलब्ध ठूला भवनलाई आइसोलेसन केन्द्रका रुपमा सञ्चालन गर्ने बताउनुभएको छ ।वसुन्धरामा सञ्चालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर’को मंगलबार निरीक्षण गर्दै कोभिङ–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक पोखरेलले काठमाडौंका ठूला भवनलाई आइसोलेसन केन्द्र बनाउने बताउनुभयो ।

 

काठमाडौं उपलब्ध ठूला भवनलाई आइसोलेसन केन्द्र बनाउने व्यवस्था मिलाउन उनले मुख्यसचिव डा। शंकरदास बैरागी र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई सुझाव दिनुभयो ।उपप्रधानमन्त्री पोखरेलको निर्देशनपछि यसैसातादेखि नेपाली सेनाले वसुन्धरामा आइसोलेसन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

तत्काल ८८ बेडको अक्सिजन थेरापी सुविधासहित सञ्चालन हुन लागेको आइसोलेसन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो । आवश्यकतानुसार दुई सय बेडसम्म सञ्चालन गर्ने तयारी गरिएको छ ।

आइसोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेट र नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu