Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेशमा १७ हजार सक्रिय संक्रमित, ८ सय ५६ जनाको मृत्यु

२०७८, २८ बैशाख मंगलवारमा प्रकाशित

corona

 

काठमाडौं- लुम्बिनी प्रदेशका १२ जिल्लामा सोमबारसम्मको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ९४ पुगेको छ। हालसम्म ८ सय ५६ जनाको मृत्यु भएको छ।

 

कोरोनाको दोस्रो लहरका क्रममा सबैभन्दा धेरै संक्रमित यो प्रदेशमा थपिएका छन्। हाल सबैभन्दा धेरै रूपन्देहीमा सक्रिय संक्रमित रहेका छन्। रूपन्देहीमा ६ हजार ५ सय २५ जना सक्रिय संक्रमित रहेका छन्। त्यहाँ हालसम्म २ सय ७९ जनाको मृत्यु भएको छ।

रूपन्देहीपछि बाँकेमा धेरै सक्रिय संक्रमित रहेका छन्। बाँकेमा ४ हजार ९ सय ३३ जना सक्रिय संक्रमित छन्। बाँकेमा हालसम्म १ सय ८१ जना संक्रमितको मृत्यु भएको छ।

 

त्यस्तै, दाङमा २ हजार ३ सय ७२ जना सक्रिय संक्रमित रहेका छन्। कपिलवस्तुमा ८ सय ३८, पाल्पामा ९ सय ९०, नवलपरासीमा ७ सय ८४, बर्दियामा ८ सय १८ जना संक्रमित रहेका छन्।

मृत्यु हुनेमा सबैभन्दा धेरै रूपन्देही जिल्लाका छन्। रूपन्देहीमा २ सय ७९ जनाको मृत्यु भएको छ भने रूपन्देहीपछि बाँकेमा धेरै संक्रमितले ज्यान गुमाएका छन्। बाँकेमा १८१ जना संक्रमितले ज्यान गुमाएका छन्।

दाङमा १०७ जनाले ज्यान गुमाएका छन् भने नवलपरासी पश्चिममा ५२, कपिलवस्तुमा ७०, पाल्पामा ४६, गुल्मीमा ३९, अर्घाखाँचीमा ३०, बर्दियामा ३१, प्युठानमा १५ र रोल्पामा ६ जनाले ज्यान गुमाएका छन्। हालसम्म एक जना पनि संक्रमितको मृत्यु नहुने जिल्लामा रुकुम पूर्व रहेको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu