Connect with us
Kapilvast Forest

नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जसपा गम्भीर मोडमा

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं – नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) गम्भीर मोडमा पुगेको छ। अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेता प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा प्रस्टै खुलेर लाग्नु भएको छ । अर्का अध्यक्ष उपेन्द्र यादव, डा। बाबुराम भट्टराईलगायत कांग्रेस–माओवादी गठबन्धनसँग जोडिन पुग्नु भएको छ ।

यही क्रममा ठाकुरले सोमबार राति निकालेको वक्तव्यले राजनीतिमा नयाँ तरंग ल्याएको छ। आन्दोलनको क्रममा लागेकाको मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता, संविधान संशोधनलगायत सवालमा प्रधानमन्त्री ओलीसँग वार्ता सकारात्मक रूपले अगाडि बढिरहेको भन्दै उहाँले नयाँ सरकार गठनमा सहभागी नहुने घोषणा गर्नु भएको छ ।

ठाकुरले अहिलेको अवस्थामा सरकार बनाउने गतिविधिमा संलग्न हुनु मधेशको भावनाविरोधी काम भएको समेत उल्लेख गर्नु भएको छ । उहाँले जसपा सरकार केन्द्रित नभई मुद्दा केन्द्रित रहेको समेत बताउनु भएको छ । मुद्दा सम्बोधन नै जसपा नेपालको मूल उद्देश्य भएकाले अहिले वैकल्पिक सरकारमा सहभागी हुनुभनेको मधेश आन्दोलनको मर्म र भावना प्रतिकूल भएको उहाँको ठहर छ। उहाँले सरकारमा सहभागी हुँदा झन् अस्थिरता हुने र एजेण्डा सम्बोधनको कार्य अनिश्चिततातर्फ धकेलिने स्पष्ट पार्नु भएको छ ।

जसपाकै संघीय परिषद् अध्यक्ष डा। भट्टराई र अध्यक्ष यादव भने ओली नेतृत्वको वर्तमान सरकारलाई बिदा गरेर वैकल्पिक सरकार गठनमा खुलेर लाग्नु भएको छ । ठाकुरको वक्तव्यअघि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संयुक्त पत्र लेखेर संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन आग्रह गर्नु भएको छ । राष्ट्रपतिबाट त्यहीअनुसारको आह्वान भएको छ। अब दुई वा दुईभन्दा बढी दलको बहुमतमा सरकार बनाउन वैशाख ३० गते राति ९ बजेसम्मको समयसीमा छ।

मंगलबार कांग्रेस सभापति देउवा, माओवादीका अध्यक्ष दाहाल र जसपाका नेता यादव वैकल्पिक सरकार बनाउने अभियान चलिरहेको छ । सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने क्रममा पनि जसपा विभाजित देखियो। ठाकुर–महतो पक्षका १५ सांसद तटस्थ रहनु भयो । भनेभट्टराई–यादव खेमाका १५ सांसदलेो विपक्षमा मतदान गर्नु भएको थियो । ठाकुर र यादवका मन्तव्य पनि त्यहीअनुसार दिनु भएको थियो ।

अब के गर्ने भन्नेमा ठाकुर पक्ष प्रथम अध्यक्ष ठाकुर नै भएकाले उहाँको हस्ताक्षर आधिकारिक हुने बताउँदै आएको छ। यादव पक्ष केन्द्रीय कार्यकारिणी समितिको निर्णय सबैले मान्नु पर्ने अडान राख्दै आएको छ।

‘प्रथम अध्यक्षको हस्ताक्षर नै आधिकारिक हुन्छ’, ठाकुर पक्षका उमाशंकर अरगरियाले भन्नु भयो ‘पार्टीको प्रथम अध्यक्ष महन्थ ठाकुर हुनुहुन्छ। उहाँको हस्ताक्षर विधिसम्मत हो। अरू व्यक्तिगत कुरा हुन्।’ उहाँले जसपाले बहुमत र अल्पमतमा विश्वास नगर्ने बताउँदै सामूहिक रूपमा हुने निर्णयलाई सबैले मान्नुपर्ने बताउनु भयो ।

यादव पक्षका नेता इस्तियाक राईले भने बहुमतको निर्णय सबैले मान्नुपर्ने बताउनु भयो । ‘सकेसम्म सर्वसम्मत निर्णय गर्ने भन्ने विधानमा व्यवस्था छ। सर्वसम्मत नभएमा कार्यकारिणीको बहुमतको निर्णय सबैले मान्नुपर्छ,’ उहाँले भन्नु भयो , ‘उहाँहरूले कार्यकारिणीमा बहुमत पुर्‍याउनुहुन्छ भने हामी मान्छौं। सबैले मान्नुपर्छ।’

अरगरियाले पार्टीका माग सम्बोधन हुन थालेका बेला यसलाई नै दबाब दिनको साटो सत्तामोहमा अर्को पक्ष लागेर मधेशका मुद्दालाई ओझेलमा पार्न खोजेको आरोप लगाउनु भयो । ‘जससम्म हाम्रा माग पूरा हुँदैनन्, तबसम्म पक्ष विपक्षमा लाग्नु हुँदैन भनेर हामी विश्वासको मतमा तटस्थ बस्यौं,’ उहाँले भन्नु भयो , ‘हो, प्रधानमन्त्री हाम्रा माग पूरा गर्न लाग्नुभएको छ। ११८ जनाको मुद्दा फिर्ता पनि भएको छ। अन्य मागका विषयमा प्रक्रिया सुरुवात भएको छ।’

राईले भन्नु भयो १९ महिनासम्म सरकारमा रहँदा ओली सरकारले आफूलाई धोका दिएको आरोप लगाउनु भयो । अहिले दुईचार सामान्य मुद्दा फिर्ता लिएर भुलभुलैमा पार्न खोजेको उहाँको भनाइ थियो। दुवै पक्षका नेता पार्टी विघटन उन्मुख गराएको दाबी गर्दै एक अर्कालाई दोषारोपण भइरहेको छ । अन्नपुर्ण

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu