Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेशमा हुने राष्ट्रिय सभा निर्वाचनको केन्द्र घोराही तोकियो

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

election.jpg

काठमाडौं –लुम्बिनी प्रदेशमा जेठ १७ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनका लागि दाङको घोराही तोकिएको छ । निर्वाचन आयोगले बुधबार विज्ञप्ति जारी गर्दै निर्वाचन केन्द्र तोकिएको जानकारी दिएको हो ।

दाङ जिल्ला, घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित कर्मचारी मिलन केन्द्र, दाङलाई मतदानस्थल तोकिएको हो । उक्त मतदानस्थलमा प्रदेश सभा सदस्यका लागि (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको लागि केन्द्र (ख) मतदान केन्द्र तोकिएको छ ।

‘लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि प्रदेश सभा सदस्य ७९ जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २१७ जना गरी जम्मा २९६ जना मतदाता रहेका छन् ।

लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्य गरी जम्मा ३०५ जना मतदाता रहेकोमा हाल विभिन्न कारणले प्रदेश सभा सदस्य ८ र स्थानीय तहका सदस्य १ गरी जम्मा ९ जना मतदाता रिक्त रहेको छ’, आयोगको भनाइ छ।

यसैगरी आज निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्यूटर अपरेटरका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu