Connect with us
Kapilvast Forest

युवा अभियानबाट कपिलवस्तु अस्पताललाई १५ अक्सिजन सिलिन्डर्

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

कपिलवस्तु –कोरोना भाईरस संक्रमितको संख्या बढे पछि अक्सिजनको चरभ अभाव पछि कपिलवस्तुका तौलिहवाका युवाहरुले चलाएको अभियानबाट कपिलवस्तु अस्पतालाई १५ अक्सिजन सिलिन्डर प्रदान गरिएको छ ।

चम्बर अफ कमर्सका अध्यक्ष गोपी कृष्ण शर्माको अगुवाईमा एक साता देखि अभियान चलाइएको छ । युवाहरूले विभिन्न व्यक्ति तथा संस्थाहरूबाट सहयोग सङ्कलन गरी सहयोगी हातहरू अगाडी बढाइरहेका छन् । सोही क्रममा १५ थान ४७ लिटरको अक्सिजन सिलिन्डर कपिलवस्तु अस्पतालमा कोभिड बिरामीहरूका लागि हस्तान्तरण गर्नु भएको छ ।

अभियानका संयोजक गोपी कृष्ण शर्मा, अधिकारकर्मी रबी ठाकुर व्यवसायी नित्यानन्द वर्माले अस्पताललाई हस्तान्तरण गर्नु भएको हो । अस्पतालका व्यवस्थापक रत्नाकर शुक्ला र कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहलाई उक्त सामग्री हस्तान्तरण गर्नु भएको हो ।

आगामी दिनमा समेत अन्य क्षेत्रबाट सहयोग सङ्कलन गरी अस्पताललाई आवश्यक पर्ने अक्सिजन तथा स्वास्थ्य सामाग्री सङ्कलन तथा वितरण कार्य जारी राख्ने संयोजक गोपी कृष्ण शर्माले बताउनु भयो ।

साथै कोरोनाको विषम परिस्थितिमा मानवतावादी रूपले सबैले एक आपसमा सहयोग र सहकार्य सुरक्षित रूपमा गर्न समेत अभियानकर्मीहरूले जनाएका छन् ।अभियानमा साढे सात लाख बढी रकम उठेको छ । अरु सिलिन्डर समेत एक दुई दिन र्मै उपलब्ध गराउने अभियानकर्ता शर्माले बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu