Connect with us
Kapilvast Forest

हेलिकप्टरबाट भैरहवा बिमानस्थल ल्याईयो ५० थान अक्सिजन सिलिण्डर

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

बुटवल- अक्सिजनको अभावमा धेरैको ज्यान जान थालेपछि सेनाको हेलिकप्टरबाट अक्सिजन ल्याईएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनु भयो ।

उहाँका अनुसार नेपाली सेनाको एमआई ९० हेलिकप्टरबाट ५० थान सिलिण्डर भैरहवा बिमानस्थल आईपुगेको हो ।अक्सिजन अभाव भएपछि धेरैको ज्यान जान थाल्यो रुपन्देहीको उत्पादनले थामेन त्यसैले तत्काल समस्या समाधानमा लागि ५० थान ल्याई पु¥याईएको छ ।

ल्याईएका अक्सिजन मध्ये भैरहवा स्थीत भिम अस्पताल र लुम्विनी प्रादेशिक अस्पतालमा पठाईने प्रमुख जिल्ला अधिकारी तामाङले बताउनु भयो ।अहिले नेपाली सेनाले बाराको सिमराबाट र चितवनबाट ५० थान सिलिण्डर ल्याईपु¥याएको र बिहिवार बिहान २ पटक गरी थप १ सयथान सिलिण्डर ल्याईपु¥याईने प्रमुख जिल्ला अधिकारी तामाङल बताउनु भयो ।

यसका साथै बुटवलबाट पोखरा, चितवन, बिरगन्ज, बिराटनगर लगाएतका स्थानहरुमा खालि सिलिण्डर पठाईएको र ति सिलिण्डरहरु समेत सडकमार्गबाट आउने क्रममा रहेको उहाँले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu