Connect with us
Kapilvast Forest

नौ महिनामा ७.२९ खर्ब रेमिट्यान्स 

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं-चालू आर्थिक वर्षको चैतसम्ममा ७ खर्ब २९ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।कोरोना भाइरसको प्रभावले वैदेशिक रोजगारीमा जाने कामदार घटे पनि रेमिट्यान्स भने १६.५ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आवको यसै अवधिमा रेमिट्यान्स ४.२ प्रतिशतले घटेको थियो ।

चैतसम्ममा अमेरिकी डलरमा रेमिट्यान्स १३.० प्रतिशतले वृद्धि भई ६ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ४.९ प्रतिशतले घटेको थियो ।

चालू आवको चैतसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६६.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.२ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या समीक्षा अवधिमा ५५.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १५.० प्रतिशतले घटेको थियो ।

कोरोना भाइरसको महामारीसँगै हुन्डी लगायतका अनौपचारिक च्यानलबाट पठाउने रेमिट्यान्स औपचारिक रुपमा बैंकिङ च्यानलबाट आउन थालेकाले सकारात्मक प्रभाव परेको हो ।

यसैगरी आयात कम भएको र उच्च शिक्षा, भ्रमण, तथा उपचारका लागि विदेश जाने नेपालीको संख्या समेत घट्दा हुन्डीबाट हुने कारोबार घटेको बताइएको छ । यसैगरी अमेरिकी डलरको भाउ उच्च हुँदा समेत रेमिट्यान्स बढेको विश्लेषकहरुको अनुमान छ ।कारोवार दैनिक

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu