Connect with us
Kapilvast Forest

कोरोना नियन्त्रणमा अन्तर्राष्ट्रिय क्षेत्र सक्रिय

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं -अन्तर्राष्ट्रिय क्षेत्रले नेपालमा कोभिड नियन्त्रणका लागि पहल अघि बढाएका छन् । नेपालमा कोभिड–१९ दोस्रो लहर फैलिएसँगै दैनिक संक्रमित र मृत्यु हुने दर बढ्दै गएपछि अन्तर्राष्ट्रिय क्षेत्रले सक्रियता बढाउन थालेको छ ।

केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती पत्रिका ‘द गार्जियन’ अनलाइन संस्करणमा विश्वका ठूला देशसँग सहयोगका लागि आह्वान गरेपछि अन्तर्राष्ट्रिय निकायले सहयोग पहल थालेका हुन् ।

हाल, नेपालमा दैनिक ९ हजारको संख्यामा कोरोना संक्रमित बढिरहेका छन् भने सयभन्दा बढीको ज्यान गइरहेको छ । अक्सिजन अभावका कारण संक्रमितले ज्यान गुमाइरहेको स्थिति छ । स्वास्थ्य संकट गहिरिदै गइरहेकै बेला अन्तर्राष्ट्रिय नियोगले सहयोगका लागि अपिल गरिरहेका छन् ।

संयुक्त राष्ट्रसंघ नेपालस्थित आवसीय संयोजक सारा बेयसोलो नयन्तीले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन निर्माता मुलुकसँग अपिल गर्नु भएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपालले २० प्रतिशत नागरिकलाई भ्याक्सिन पु(याउन नसकेको र अहिलेको अवस्थामा नेपाललाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनु भएको छ ।

त्यस्तै, अमेरिकाले नेपाललाई कोभिड–१९ विरुद्ध लड्न करिब ४ करोड अमेरिकी डलर सहायता प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । नेपालस्थित अमेरिकी दूतावासको ट्वीटरमा उल्लेख भएअनुसार अमेरिकी रक्षा मन्त्रालयले कोभिड–१९ विरुद्ध लड्नका लागि अक्सिजन थेरापी, पीपीई, मेडिकल सामग्री प्रदान गरेको जानकारी दिएको छ ।

त्यस्तै, कोभिड–१९ विरुद्ध जुध्न चीनले नेपाललाई ३ हजार ५ सय सिलिन्डर अक्सिजन सहयोग गर्ने प्रतिबद्धताअनुसार मंगलबार मात्रै पहिलो खेपमा चार सय थान अक्सिजन सिलिन्डर र १० भेन्टिलेटर आइपुगेको छ । कोभिड–१९ दोस्रो लहर फैलिएसँगै अक्सिजन र भेन्टिलेटर अभावका कारण दैनिक मृत्युदर बढिरहेकै बेला चीनले सहयोग गरेको हो ।

स्विटजरल्यान्ड विदेश मामिला संघीय विभागको एसिया प्रशान्त विभाग प्रमुख राफेल नागेली टोलीले एक साताभित्र नेपालमा कोभिडविरुद्ध लड्न मेडिकल सामग्री पठाउने प्रतिबद्धता जनाएको छ । स्वीटजरल्यान्डका लागि नेपाली राजदूत मणि भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिनु भएको छ ।

विश्व स्वास्थ्य संगठनका पूर्वनिर्देशक एन्थोनी कोस्टेलोले पनि कोभिड–१९ दोस्रो लहरबाट आक्रान्त नेपाललाई सहयोगका लागि अपिल गर्नु भएको छ । बेलायत वैदेशिक मामिला अधिकारीलाई मेन्सन गर्दै उहाँले आवश्यक अक्सिजन, भ्याक्सिन उपलब्ध गराउन आग्रह गर्नुभएको हो ।राजधानी दैनिक

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu