Connect with us
Kapilvast Forest

उपत्यकामा आजदेखि अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

काठमाडौँ-काठमाडौँ उपत्यकामा बिहीबार (आज)देखि अत्यावश्यकबाहेक कार्यालय बन्द रहने भएका छन् । काठमाडाै उपत्यकामा काेराेना भाइरस तीव्र रूपमा फैलिएर नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासनले उक्त निर्णय गरेकाे हाे ।

काठमाडौँ प्रशासनले बुधबार एक सूचना जारी गर्दै कोरोनाको महामारी तीब्र रुपमा बढिरहेकाले नियन्त्रणका गर्नका लागि अत्यावश्यकबाहेकका कार्यालय बन्द गर्न भनेकाे थियाे । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड- १९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहनेछन् ।

जारी सूचनामा अत्यावश्यकीय सेवाका कार्यालयलाई भने सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिने र त्यसका लागि न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्न भनिएको छ ।

तर अत्यावश्यकबाहेकका अरू सबै कार्यालय भने बन्द गर्न भनिएकाे छ । सूचनामा भनिएकाे छ, ‘निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालय बाहेक अन्य सबै जिल्लास्थित कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने-गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ ।’

उपत्यकामा जारी निषेधाज्ञा पनि थप गरिएकाे छ । आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हाे । उपत्यकाको तीनै जिल्ला (काठमाठौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बुधबारको बैठकले उक्त निर्णय गरेको हो । यसअघि वैशाख १६ गतेदेखि निषेधाज्ञा सुरू गरिएकाे थियाे ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu