Connect with us
Kapilvast Forest

आमा आईसीयूमा, छोरा उपचारमा, बुवा,भाइ र बहिनीआइसोलेसनमा

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

तस्बिर सौजन्य : गुलाम अली-तौलिहवास्थित जिल्ला अस्पतालका डा. जाबेद खाँ

मनोज पौडेल,कपिलवस्तु — कपिलवस्तु अस्पतालका ३१ वर्षीय कन्सल्ट्यान्ट फिजिसियन डा। जाबेद खाँ कोरोना संक्रमित हुनुन्छ । उहाँको परिवारै संक्रमित छ । स्वास्थ्य गम्भीर भएपछि आमा आईसीयूमा भर्ना हुनुन्छ  । उहाँ भने बिहानदेखि साँझसम्म संक्रमितको उपचारमा खटिरहनु भएको छ ।

उहाँलाई बिरामी जाँच गर्दागर्दै रुघाखोकी लाग्यो । ६ दिनअघि पीसीआर परीक्षण गर्दा संक्रमण देखियो । परिवारमा र अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा किशोर बञ्जाडेलाई जानकारी गराउनु भयो  । अस्पतालमा जनशक्ति कम थियो । उहाँको कमान्डमा कोभिडका बिरामी उपचार गर्ने टिम बनेको थियो । अस्पतालमा बेड नपाएर भुइँमा समेत बिरामी हुनुन्छ  ।

बिरामीको छटपटाहट देखेर त्यसै बस्न उहाँको मन मानेन । घरमा बस्दा के भयो, कसो भयो, चिन्ता लागिरहने । त्यसपछि सेवामै खटिए । अहिले उहाँदिनमा १२ घण्टा उपचारमा खटिरहनु भएको छ  । अस्पतालले साबिक महिला विकास कार्यालयमा सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालमा पुगेर उनी बिरामी हेर्छन् । बिरामीलाई उत्साह थप्नुहुन्छ । ‘म पनि कोरोना पोजिटिभ हो भन्छु,’ उहाँले भन्नु भयो , ‘काम गरिरहेकै छु भनेर भरोसा दिन्छु ।’

डा। खाँ संक्रमित बिरामीको उपचार गर्दा सतर्कता अपनाउँछन् । टाढैबाट सोधपुछ गर्छन् । सल्लाह दिदैं र औषधि लेख्नुहुन्छ  । ‘सँगै रहेका स्वास्थ्यकर्मीलाई परै बस्न भन्छु,’ उहाँले भन्नु भयो , ‘सतर्कता अपनाउँदै टिमसँग कुरा गर्छु ।’ संक्रमित भएपछि पहिलेजस्तो काम गर्न सहज नहुने उहाँले बताउनु भयो  । ‘संक्रमण अरुलाई नसरोस् भनेर सचेत भएर काम गर्नुपर्छ,’ उहाँले भन्नु भयो , ‘आफू संक्रमित भएपछि धेरै कुरा जान्ने बुझ्ने मौका मिलेको छ ।’

संक्रमणबारे दिनदिनैजसो नयाँ तथ्य, अध्ययन र जानकारी आउने गरेको उहाँले सुनाउनु भयो  । नयाँ प्रभावकारी सूचना र जानकारी प्रयोगमा ल्याएर बिरामीलाई छिटो निको गर्न सहयोग भइरहेको छ । उहाँले पेसाप्रति सन्तुष्टि व्यक्त गर्नु भयो  । उहाँका अनुसार अहिले सबै अक्सिजन सपोर्ट चाहिने संक्रमित आउँछन् । खाली समयमा उहाँ फोनमा परामर्श दिन व्यस्त हुनुन्छ औषधि, उपचार सुझाउँनुहुन्छ  । ‘गम्भीर खालकालाई अस्पताल आउन भन्छु,’ उहाँले भन्नु भयो , ‘गम्भीर नभएकालाई घरमै आइसोलेट भएर बस्न भन्छु ।’ उहाँ उपचार गर्दागर्दै आईसीयूमा पुग्नुहुन्छ  । जहाँ उहाँकी ५८ वर्षीया आमालाई सोमबार भर्ना गरिएको छ ।

संक्रमित आमा अक्सिजन सपोर्टमा हुनुन्छ  । उहाँआमाको उपचार गर्नुहुन्छ  । ‘मलाई देख्दा आमाले सजिलो महसुस गर्नुहुन्छ । म पनि खुसी हुन्छु,’ उहाँले भन्नु भयो ‘त्यसैले बेलाबेला आमानिर पुगिरहन्छु ।’ उहाँका ६० वर्षीय पिता, २८ वर्षीय भाइ र २६ वर्षीया बहिनी पनि संक्रमित हुनुन्छ  । तीनै जना घरमा आइसोलेसनमा रहनु भएको छ  । उहाँ अस्पतालबाट बचेको समय घर पुगेर परिवारको हेरचाह गर्नुहुन्छ  ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu