Connect with us
Kapilvast Forest

बाँकेमा थप तीनजना संक्रमितको मृत्यु

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं- बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप तीनजनाको मृत्यु भएको छ ।बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार मृत्यु हुनेमा बाँकेका दुई जना र कैलालीका एकजना रहनुभएको ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० का ५० वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–६ का ६२ वर्षीय पुरुष र कैलालीको टिकापुर–७ की ५६ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको ओलीले बताउनुभयो ।

५० वर्षीय पुरुषको बिहीबार बिहान ८ः३० बजे मृत्यु भएको उहाँले बताउनुभयो । उहाँमा वैशााख १९ गते संक्रमण पुष्टि भएको थियो । ६२ वर्षीय पुरुषको बिहीबार बिहान १०ः३० बजे मृत्यु भएको थियो । उहाँमा वैशाख २६ गते संक्रमण पुष्टि भएको थियो ।

कैलालीकी ५६ वर्षीया महिलाको भेरी अस्पतालमै बिहीबार बिहान ९ः४५ बजे मृत्यु भएको ओलीले बताउनुभयो । उहाँमा वैशाख २४ गते संक्रमण पुष्टि भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu