Connect with us
Kapilvast Forest

अमेरिकाले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्ने

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

काठमाडौ – अमेरिकाले नेपाललाई अर्को साता स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ।उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग बिहीबार भएको संवादमा अमेरिकी राजदूत रेण्डी बेरीले यस्तो बताउनुभयो । के कस्ता स्वास्थ्य सामग्री कति परिमाणमा आउँछ भन्ने केही दिनमा थाहा हुने उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताउनुभयो ।

केही दिनअघि संयुक्त राष्ट्रसंघकी नेपालस्थित आवासीय संयोजकसँग संवाद गरेका उपप्रधानमन्त्री पोखरेलले खोप र स्वास्थ्य सामाग्रीका लागि कुटनीतिक पहल गर्नु भएको छ ।

संवादका क्रममा अमेरिकी राजदूत बेरीले कम्तिमा हप्ताको दुई वटा अन्तर्राष्ट्रिय उडान जारी राख्न आग्रह गरेको र त्यसमा उपप्रधानमन्त्री पोखरेलले सिसिएमसीको बैठकमा यसबारे छलफल गर्ने जवाफ दिएको सल्लाहकार पाण्डेले बताउनुभयो ।

उप(प्रधानमन्त्रीज्यूले अमेरिकन खोपका बारेमा आफूहरुले उत्सुकताका साथ प्रतिक्षा गरिरहेको बताउनुभयोु, पाण्डेले भन्नुभयो , त्यस विषयमा उहाँ (बेरी)ले आफूले बुझेर खबर गर्ने बताउनुभयो।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu