Connect with us
Kapilvast Forest

साउदी अरबमा चिनियाँ खोप लगाए पनि अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

२०७८, ३१ बैशाख शुक्रबारमा प्रकाशित

vaction

एजेन्सी –साउदी अरबको नयाँ प्रावधान अनुसार साउदी अरबमा प्रबेश गर्दा उसले तोकेको खोप नलगाएको व्यक्तिले १५ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भएको छ । यो प्रावधानले चीनको खोप लगाएका पाकिस्तानलगायतका एशियाली नागरिकलाई साउदी अरब पुग्दा अनिवार्य क्वारेन्टिन बस्नुपर्नेछ ।

साउदी अरबले आफ्नो मुलुकमा प्रवेश गर्नका लागि खोप लगाएको हुनुपर्ने र यदि खोप नलगाएको वा साउदी अरबले तोकेको कम्पनीको खोप नलगाएका मुलुकबाट साउदी अरब जाँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने प्रावधानले पाकिस्तानी यात्रुलाई साउदी अरब प्रवेशमा असहज हुने भएको छ ।

फाइजर, अक्सफोर्ड, मोडेर्ना र जोन्सन एण्ड जोन्सनको कोरोनाभाइरस खोपहरू प्रयोग गर्नका लागि राज्यले अनुमति दिएको छ भने अन्य खोपलाई मान्यता नदिने निर्णय यहाँको सरकारले गरेको हो ।

पाकिस्तानी पत्रिका ‘द न्युज इन्टरनेसनल’ ले जनाएको छ, “बिहीबार साउदी अरबले सिफारिश खोपहरूको एक सूची जारी गरेको छ जसमा चीनमा निर्मित खोप समावेश छैन । यसको अर्थ चीनमा निर्मित खोप लगाए पनि यो सिफारिस गरिएको खोप नभएकोले पाकिस्तानी यात्रुहरूले साउदी अरबमा अनिवार्य १५ क्वारेन्टिन अवधि बस्नुपर्ने छ ।”

क्वारेन्टिन बस्दाको खर्च यात्रुले आफैं भुक्तान गर्नुपर्ने पनि साउदी अरबले राखेको नयाँ प्रावधानमा उल्लेख छ ।धेरै जसो पाकिस्तानीहरूलाई चीनमा निर्मित कोरोनाभाइरस खोप लगाइएको छ । अन्य खोपलाई अनुमति नदिएपछि चिनियाँ खोप लगाएका पाकिस्तानीलाई यात्राका लागि असहज बनेको छ । यो पाकिस्तानबाहेकका मुलुकका लागि पनि लागु हुनेछ र प्रस्तावित सर्तहरू मे २० देखि नै लागू गरिनेछ ।

पाकिस्तानले फेब्रुअरी २ मा चिनियाँ सिनोफार्म कम्पनीको खोप पहिलोपटक ल्याएपछि खोप अभियान सुरु गरेको थियो । सिनोफार्मको खोप ७९ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानहरूले देखाएका छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu