Connect with us
Kapilvast Forest

कोरोना संक्रमित पत्रकारको निःशुल्क उपचार गर्न पत्रकार महासंघको माग

२०७८, ३१ बैशाख शुक्रबारमा प्रकाशित

जनकपुरधाम – पत्रकार महासंघ प्रदेश २ समितिले कोरोना महामारीको बेला पत्रकारहरुको सुरक्षा, राहत र संक्रमितको निःशुल्क उपचार गर्न प्रदेश सरकारसँग माग गरेको छ।

बिहीबार प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै महासंघले उक्त माग राखेको हो। यस्तै, कोरोना संक्रमणबाट मृत्यु भएका रेडियो मधेश मशालाका स्टेशन म्यानेजर मनोजकुमार चौधरी र रेड टेलिभिजनका अध्यक्ष रमादेवी यादवको परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गरेको छ।

यस्तै, प्रदेश सरकारले गतवर्ष फ्रन्टलाइनमा रहेर काम गर्ने पत्रकार कार्यक्षेत्रमा संक्रमित भई मृत्यु भए उचित राहत उपलब्ध गराउने घोषणा गरेको र उक्त घोषणा अनुरुप ५० लाख रुपैयाँ बजेट समेत छुट्याइएको स्मरण गराउँदै मृतक पत्रकारद्वयलाई राहत उपलब्ध गराउन माग गरेको छ।

महासंघका अध्यक्ष राजेशकुमार कर्णले बुझाएको ज्ञापनपत्रमा प्रदेशभरिमा १६ जना पत्रकारहरु अझै कोरोना संक्रमित रहेकाले उनीहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन प्रदेश सरकारसँग आग्रह गरिएको छ। साथै, समाचार सम्प्रेषण तथा संकलनका लागि फ्रन्टलाइनरको रुपमा खट्ने पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराई दिन समेत माग गरिएको छ।

ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले पत्रकार महासंघले उठाएका माग जायज रहेको र आफू मागप्रति सकारात्मक रहेको बताउनुभयो । उहाँले गत वर्ष सरकारले गरेको घोषणाअनुसार मृतक पत्रकारद्वयलाई उचित राहत उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।।

उहाँले संक्रमित पत्रकारहरूलाई सरकारीका साथै निजी अस्पतालहरूमा समेत निःशुल्क उपचारको व्यवस्था मिलाउने तयारी प्रदेश सरकारले गरिरहेको बताउनुभयो । साथै, पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री मन्त्रालय मातहत रहेको मिडिया काउन्सिलमार्फत उपलब्ध गराइने तयारी भइरहेको जनाउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu