Connect with us
Kapilvast Forest

विजयनगर गाउँपालिकाद्वारा निःशुल्क एम्बुलेन्स सेवा

२०७८, ३१ बैशाख शुक्रबारमा प्रकाशित

अर्जुन बेल्बासे-कपिलवस्तुको विजय नगर गाउँपालिकाले आफ्नो गाउँपालिकाका कोरोना संक्रमितहरूको लागि निःशुल्क एम्बुलेन्स सञ्चालन गरेको छ । आज गाउँपालिकामा बसेको कोभिड नियन्त्रण तथा ब्यवस्थापन समितिको बैठकले गाउँपालिकाबाट सञ्चालित एम्बुलेन्स र
गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले आफैँले प्रयोग गर्दै आएको गाडीलाई कोरोना कहर सम्म निःशुल्क सेवा दिने निर्णय गरेको अध्यक्ष थापाले बतानुभयो ।साथै गाउँपालिकाको उप प्रमुख लक्ष्मी कुमारी चौधरी चढने गाडि पनि आइसुलेसन ब्यवस्थापनकै कार्यमा संचालनमा आएको बताउनुभयो ।

विश्वभर दोस्रो लहरको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणदर बढिरहेको अवस्थामा साथै निसेधाज्ञाको प्रभावले गाउँवासिमा र्आिक रुपमा समेत कठिनाइ नहोस भनेर कोभिड संक्रमितका विरामी साथसाथै प्रसूतिलगायतका अन्य सेवाग्राहीलाई एम्बुलेन्सको अभाव नहोस् भनेर गाउँपालिकाको एम्बुलेन्स र आफूले प्रयोग गर्दै आएको गाडी गाँउबासिको लागि कोरोना कहर सम्म को लागि निशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न थालिएको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो ।

बरु म आफु हिडेंरै सेवा गर्छु तर आफुले पाएको सुविधा भन्दा पनि नागरिकको ज्यान ठुलो हो त्यसैले आफूले चढ्ने गाडी विरामी वोक्न दिने निर्णयगरें उहाँले भन्नुभयो।

यो महामारीको समयमा अन्य सवारीसाधन पाउन अत्यन्तै मुुस्किल र गाँउपालिकामा विरामीको दर बढ्दै गए पछि एउटा एम्वुलेन्सले मात्रै सेवा पुराउन नसक्ने भन्दै गाउँपालिका अध्यक्ष थापाले आफैँले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्स बनाउने गर्ने निर्णय गरेको बताउनु भयो । गाउँ बासिको स्वास्थ्य सेवा सुरक्षामा आफु अहोरात्र खटने र कुनै त्यस्तो आवश्यक परे आफुलाई संम्प्रक गर्न समेत आग्रह गर्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu