Connect with us
Kapilvast Forest

कपिलवस्तु बाणगंगामा ५१ पोइन्ट रगत संकलन

२०७८, ४ जेष्ठ मंगलवारमा प्रकाशित

कपिलवस्तु -कोभिड को दोस्रो लहर को सुरुवात सङ्गै विभिन्न सचेतनामुलक कार्यक्रम गरिरहेका सस्था लायन्स क्लब अफ बाडगङ्गा , कपिलवस्तु जेसिस तथा लायन्स क्लब अफ कपिलवस्तु को संयुक्त आयोजना मा रक्तदान कार्यक्रम सम्पन्न भयेको छ ।
कोभिड को दोस्रो लहर चले सङ्गै रक्तदान कार्यक्रम हरु नभै रहेको ले स्वास्थ्य सस्थाहरुमा रगत अभाब हुन लागेको जानकारी पाय लगत्तै तिनवटै सस्था को सस्थागत निर्णय गरि रक्त दान कार्यक्रम गरियको लायन्स क्लब अफ बाडगङ्गा का मेम्बर को-अर्डिनेटर खिमानन्द पौडेल ले जानकारी दिनु भयो ।
रक्त सञ्चार केन्द्र बुटवलको सहकार्य मा सम्पन्न कार्यक्रम मा चेतनशील प्रतिस्ठान कपिलवस्तु , सिद्धीपुर युथ क्लब तथा नभप्रभात युवा क्लब लगायत को राम्रो उपस्थित रहेको कार्यक्रम का को -अर्डिनेटर तथा कपिलवस्तु जेसिस का कार्यकारिणी उपाध्यक्ष प्रबिन पौडेल ले जानकारी गराउनु भयेको छ ।
महामारी को परिस्थितिलाई मध्यनजर गर्दै सम्पुर्ण स्वास्थ मापदण्ड पालना गरि कार्यक्रम गरियको र ५१ पोइन्ट रगत संकलन भयेको जानकारी लायन्स क्लब अफ कपिलवस्तु का अध्यक्ष सुरेन्द्र घिमिरे ले दिनु भयेको छ ।
बाडगङ्गा को जेसिस सचिबालय मा गरियको कार्यक्रम यस्तो अबस्थामा पनि उत्साहजनक सहभागिता एबम सफलता पुर्बक सम्पन्न भयेकोमा समन्धित सम्पुर्ण लाई लायन्स क्लब अफ बाडगङा का अध्यक्ष रमेस चन्द्र भुसाल ले धन्यवाद तथा आभार ब्यक्त गर्नु भयेको छ ।
स्मरण रहोस उक्त टीम ले बाडगङ्गा मा अक्सिजन बैंक संचालन गरि सेवा प्रदान गरि रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu