Connect with us
Kapilvast Forest

शिकार खेल्दा मिस फायर भएर साथीको मृत्यु, ६ जना पक्राउ

२०७८, २० जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौं-मोरङको केराबारी गाउँपालिकास्थित बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा शिकार खेल्दा मिस फायर भएर साथीको मृत्यु भएको घटनामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख ८ मा केराबारी गाउँपालिका वडा नम्बर–३ घर भएका ३२ वर्षीय हस्तबहादुर राईको दाहिने कुममा गोली लागेर मृत्यु भएको थियो ।

केराबारी गाउँपालिका घर भएका गजेन्द्र राईले चलाएको भरुवा बन्दुकको गोली लागेर हस्तबहादुरको मृत्यु भएको अनुसन्धानबाट खुलेको मोरङका एसपी सन्तोष खड्काले रातोपाटीलाई बताउनु भयो । हत्यामा संलग्न गजेन्द्र र रुविन लिम्बुलाई प्रहरीले वैशाख ९ मा पक्राउ गरेको थियो । बुधवार थप ४ जनालाई पक्राउ गरिएको एसपी खड्काले बताउनु भयो ।

पक्राउ पर्नेमा केराबारी–३ घर भएका ४४ वर्षीय डिकबहादुर राई, ३६ वर्षीय बुद्धबीर लिम्बु, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका–१ घर भएका १९ वर्षीय विपन लिम्बु रहनु भएको छ ।

बाँसघारी खोप राष्ट्रिय वनमा शिकारीहरुले लुकाएर राखेको ४ थान भरुवा बन्दुक पनि प्रहरीले बरामद गरेको छ । हस्तबहादुरको शव फेला परेका दिन प्रहरीले थप १ थान भरुवा बन्दुक बरामद गरेको थियो । आरोपीहरु विरुद्ध ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको एसपी खड्काले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu