Connect with us
Kapilvast Forest

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा अध्यादेश पारित

२०७८, २१ जेष्ठ शुक्रबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

 

काठमाडौं- मन्त्रिपरिषद बैठकले प्रेस काउन्सिल नेपालको कार्यकारी अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विहिबार साँझ बसेको बैठकले सो निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले जानकारी दिनुभयो ।

दोलखा निवासी पत्रकार बस्नेत लामो समय कान्तिपुर दैनिकमा काम गर्नुभयो । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य बस्नेत नेपाल टेलिभिजनको बोर्ड सदस्यमा रहेर पनि काम गर्नुभयो । सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङको प्रस्तावमा बस्नेत चार वर्षका लागि अध्यक्षमा नियुक्त हुनुभएको हो ।

मन्त्री अर्यालकाअनुसार बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश २०७८ पारित गरेको छ । सो अध्यादेश स्वीकृतिका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu