Connect with us
Kapilvast Forest

प्रचार भन्दा पनि काम गरेर देखाउनु आबश्यक: सांसद घिमिरे

२०७८, २१ जेष्ठ शुक्रबारमा प्रकाशित

कपिलवस्तु –राष्ट्रिय सभा सदस्य विमला घिमिरेले आगामी आवको वजेटमा समाबेश गर्न विभिन्न मन्त्रालय मार्फत समग्र कपिलवस्तुको विकासकालागि ३० वटा योजना पेश गरेको वताउनु भएकोछ । वजेटको रातो पुस्तिका नहेरी कुनकुन योजना परे स्पष्ट नभएको वताउदै धेरै योजना परेकोे आकलन गर्नु भयो । उहाले कपिलवस्तुको बाणगंगा नगरपालिका स्तरीय संस्थाहरुको सञ्जालले आयोजना गरेको २४ थान अक्सिजन सिलिण्डर वितरण कार्यक्रममा यस्तो वताउनु भएकोहो ।

सञ्जालले एक कार्यक्रममका बिच कपिलवस्तु सामुदायिक अस्पताललाई १२ थान अक्सिजन सिलिण्डर र बाणगंगा नगरपालिकाको आईशोलेशन केन्द्रलाई पनि १२ थान अक्सिजन सिलिण्डर वितरण गरेको हो । अक्सिजन सिलिण्डर वितरण कार्यक्रममा बोल्दै सांसद घिमिरेले प्रचार भन्दा पनि काम गरेर देखाउनुपर्नेमा जोड दिनु भयो । सञ्जालले यो महामारीको समयमा उद्धाहरणीय काम गरेको बताउनुभयो । उहाले कोरोना रोकथामका लागि नगरपालिकाले बिशेष रणनिति बनाउदै कार्ययोजना बनाउनुपर्ने र ति योजनाहरु कार्यान्वयन गर्दै जानुपर्ने औल्याउनुभएको छ ।

यस्तै कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारुले कोरोनाको दोस्रो लहरलाई चेनब्रक गर्न लागि नगरपालिकाको सम्पूर्ण टिम लागेको बताउनुभएको छ । नगरपालिका स्तरीय यस सञ्जालले सहयोग र खबरदारी गर्दै गईरहेको भन्दै बिभिन्न संस्थाहरुसंगको समन्वय प्रभाबकारी बनेको बताउनु भयो ।

 

कपिलवस्तु सामुदायिक अस्पतालका सस्थापक महासचिव स्वर्गिय विष्णु पौडेलको स्मृतिमा स्थापना गरिएको अक्षय कोषको २ लाख २० हजार र विभन्न सस्थाको सहयोगवाट संकलित रकमले २४ थान अक्सिजन सिलिण्डर खरिद गरेर वितरण गरिएको हो । उद्योग वाणिज्यसंघका अध्यक्ष डोलखराम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा सञ्जालको उद्देश्यका बारेमा सिद्धार्थ सामाजिक बिकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्यले जानकारी गराउनुभएको थियो ।

सो अवसरम वडा नं ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री ,उद्योग वाणिज्यसंघका पूर्व अध्यक्ष यज्ञ भट्राई ,सामाजिक ब्यक्तित्व अमित पौडेल लगाएतले आआफ्नो भनाई राख्नुभएको थियो ।उद्योग वाणिज्य संघ ,जेसिस, लायन्स क्लव, शिद्धार्थ सामाजिक विकास केन्द्र ,वाणगंगा ट्रक यातायात , कपिलवस्तु सामुदायिक अस्पताल, नागरिक समाज कपिलवस्तु ,उपभोक्ता हित संरक्ष मञ्ज , सामुदायिक बन , लगायतका १ दर्जन सस्थाको संयुक्त पहलमा बिभिन्न सहयोग दाताहरुबाट रकम संकलन गरि अक्सिजन सिलिण्डिर वितरण गरिएको सञ्जालका पोमनारायण पौडेलले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu