Connect with us
Kapilvast Forest

आजबाट ‘द भ्वाइस अफ नेपाल’ प्रशारण हुने

२०७८, २१ जेष्ठ शुक्रबारमा प्रकाशित

 

काठमाडौं-२ सातासम्म रोकिएको नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आजबाट सुरु हुने भएको छ । शोका निर्देशक लक्ष्मण पौडेलले आजबाट निर्धारित समयमा नै शो प्रशारण हुन जानकारी दिए ।

२ साताअघि कोरोना संक्रमणको जोखिम बढेको भन्दै शोका नयाँ भागहरु छायांकन गर्न नसकेकाले प्रशारण रोकिएको जानकारी यसको टिमले गराएको थियो ।यो शोका ३ जना कोच र केही प्रतिस्पर्धीहरुलाई कोरोना संक्रमण भएपछि शो नै प्रभावित भएको थियो ।

कोचत्रय प्रमोद खरेल, तृष्णा गुरुङ र दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टी भएको थियो । जसमध्ये, प्रमोद र तृष्णा कोरोनामुक्त भैसकेका छन् । दीप श्रेष्ठको भने अस्पतालमा उपचार भैरहेको छ ।

यो शो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभी एचडीमा प्रशारण हुँदै आएको छ । आज बेलुकी प्रशारण हुने भागमा नकआउट चरण अन्र्तगत प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu