Connect with us
Kapilvast Forest

नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षाले एक करोड ७० लाख थान पुस्तक छाप्यो

२०७८, २२ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौं-नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले पुस्तक छपाएर देशभर बिक्री वितरणको काम सुरु गरेको छ । नयाँ शैक्षिक सत्र सुरु हुन एक अहिना अघि नै जेठ मसान्तसम्ममा पुस्तक वितरणको काम सक्नुपर्ने भएकाले जनक शिक्षाले वितरणको कामलाई तीव्रता दिएको हो ।

आउँदो वर्षको नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षाले कक्षा एकदेखि १० कक्षासम्मका एक करोड ७० लाख थान पुस्तक छापेको छ । लिमिटेडले गएको सोमबारदेखि नै देशभर रहेका आठवटा प्रादेशिक कार्यालयबाट ती पुस्तक बिक्री वितरणको काम थालेको जनक शिक्षा सामाग्री लिमिटेडका निर्देशक अनिलकुमार झाले बताउनुभयो ।

अहिले विराटनगर, जनकपुर, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढीमा रहेको प्रादेशिक कार्यालयबाट वितरण भइरहेको छ । कोरोना महामारीले देशभर सहजै रुपमा पुस्तक पठाउन र वितरण गर्न भने केही समस्या भएको तर सरकारले तोकेकै समयमा विद्यालयमा पुस्तक पुर्याइने निर्देशक झाले बताउनुभयो ।

कोरोना सङ्क्रमणको जोखिमका कारण अहिले पुस्तक पसल बन्द रहेकाले बिक्री वितरणमा केही समस्या आएको झाले बताउनुभयो । पुस्तक पसल खोल्न दिने व्यवस्था गरिदिन लिमिटेडले आग्रह गर्दै शिक्षा मन्त्रालयमा पत्र पठाएको र सरकारले निर्णय गर्ने बित्तिकै सहजै पुस्तक विद्यालयको पहुँचमा पुग्ने उहाँको भनाइ छ ।

अघिल्लो वर्ष पनि सरकारले देशभरका पुस्तक पसल खोल्न दिने निर्णय गरेसँगै जनक शिक्षाले नयाँ शैक्षिक सत्रका लागि पुस्तक वितरण सुरु गरेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu