Connect with us
Kapilvast Forest

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई पाँच लाख जरिवाना सहितपाँच वर्ष कैद

२०७८, २४ जेष्ठ सोमबारमा प्रकाशित

 

काठमाडौँ-स्वास्थ्यकर्मीमाथि कुटपिट तथा भौतिक आक्रमण गरेमा पाँच लाख रुपियाँ जरिवानासहित पाँच वर्षसम्म कैद सजाय हुने गरी सरकारले नयाँ कानुन ल्याएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गर्नुभएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ मा सो व्यवस्था गरिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । अध्यादेशको दफा ३ मा आगजनी, तोडफोड, कुटपिट वा तालाबन्दी गर्न वा उपचारमा बाधा पार्न नहुने उल्लेख छ । जसअनुसार स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पु-याउन वा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्न, कुनै किसिमले धम्की दिन, गालीगजौल गर्न वा अभद्र वा अपमानजक व्यवहार गर्न हुँदैन ।

त्यसो गरेमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ अनुसार कारबाही गरिने जनाइएको छ । संशोधित व्यवस्थाअनुसार स्वास्थ्य संस्थामा आगजनी गर्र्नेमाथि दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुई लाख रुपियाँदेखि पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने छ ।

त्यस्तै स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानि नोक्सानी पु-याउने र स्वास्थ्यकर्मी तथा संस्थामा कार्यरत कर्मचारीमाथि कुटपिट गर्ने वा शारीरिक चोट पु-याउने कसुर गरेमा तीन वर्षसम्म कैद वा तीन लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने छ।

त्यसैगरी स्वास्थ्य संस्थामा तालाबन्दी, घेराउ गर्ने, स्वास्थ्य उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार कार्यमा कुनै किसिमले बाधा पु¥याउने वा स्वास्थ्यकर्मी या कर्मचारीलाई हातपात गर्ने, गाली, धम्की, अभद्र, अपमानजनक व्यवहारको कसुरमा एक वर्षसम्म कैद वा एक लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था ऐनमा छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu