Connect with us
Kapilvast Forest

हास्य कलाकार श्रेष्ठको मुटुमा समस्या

२०७८, २५ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं- हास्य कलाकार मदनकृष्ण श्रेष्ठको मुटुमा समस्या आएपछि सहिद गंगालाल अस्पतालको सघन कक्षमा भर्ना गरिएको छ।कोरोना जितेर घर फर्किएका उहाँको पछिल्लो समय मुटुमा समस्या देखिएको हो। उहाँ आफू पहिलेबाट नै मुटु रोगी भएको कोरोनाबाट घर फर्केपछि सामाजिक सञ्जालमा लेख्नुभउको थियो

८ दिन अघिमात्र घर फर्केका उनले सामाजिक सञ्जालमा लेख्नुभएको थियो ‘पछि कोरोना आफै लुत्रक्क परेर, लाजले निहुरिएर, मेरो खुट्टा ढोगेर नमस्कार गर्दै कानसमातेर १० पल्ट उठ् बस गरेर ह्वाँ‘ ह्वाँ‘ रुंदै मसंग क्षमा मागेर लुसुक्क भाग्यो‘।’

उहाँले अघि भन्नुभएको थियो ‘कोरोनाले यो मदनकृष्ण श्रेष्ठ भन्ने मान्छेलाई पार्केसन छ, प्रोष्टेट, प्रेशर, मुटुको समस्या छ, अनि अर्को कन्स्टीपेशनको पनि समस्या छ र यस्लाई त मज्जाले चपाउन सकिन्छ भनेर मलाई झम्टिन आएको होला शायद्र।’

नेपाली हास्य क्षेत्रका शिर्ष व्यक्तित्व श्रेष्ठलाई कला र मानवताका संगमको रुपमा प्रशंसकले चिन्दै आएका छन्। माया र सद्भावका खानीका रुपमा पनि कलाकार श्रेष्ठलाई सम्बोधन गरिँदै आइएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu