Connect with us
Kapilvast Forest

नगरपालिकाद्वारा प्रमाणपत्रका आधारमा ऋण दिन सुरु

२०७८, २८ जेष्ठ शुक्रबारमा प्रकाशित

अर्थ |

 

सिन्धुलीमाढी, जेठ २८ गते । सिन्धुलीको कमलामाई नगरपालिकाले शैक्षिक प्रमाणपत्रका आधारमा बिनाधितो निब्र्याजी पाँच लाख रुपियाँसम्म ऋण दिन सुरु गरेको छ ।
कमलामाई नगरपालिका–५ निवासी सुनिता श्रेष्ठलाई उच्च शिक्षा सीए अध्ययन गर्न बुधबार ऋण उपलब्ध गराएको कमलामाई नगरपालिकाले जनाएको छ । कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले नगर स्वरोजगार कार्यक्रमअन्तर्गत श्रेष्ठलाई उच्च शिक्षा अध्ययनका लागि ऋण उपलब्ध गराएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “ती छात्राले काठमाडौँको माइल स्टोन कलेजबाट होस्टल सुविधासहित छात्रवृत्तिमा कक्षा ११ र १२ पढेकी रहिछन् । सीए पढ्न भर्ना भएको, पढ्न पनि जान्ने तर घरको आर्थिक अवस्था कमजोर भएको पाइएकाले ऋण उपलब्ध गराएका हौँ । ”

अभिभावकले किस्ता तिर्नसक्ने सुनिश्चितता गरेमा अन्य गरिब, जेहेनदार र इमानदार, पढ्न सक्ने छात्रछात्रालाई उच्च शिक्षा पढ्न शैक्षिक प्रमाणपत्रका आधारमा बिनाधितो र निब्र्याजी उक्त ऋण उपलब्ध गराइने नगरप्रमुख खत्रीको भनाइ थियो ।
नगरपालिकाले नगर स्वरोजगार कार्यक्रमअन्तर्गत सुनितासँगै बुधबार थप ११ जनालाई उद्यम–व्यवसाय सञ्चालनका लागि बिनाधितो निब्र्याजी दुई लाख रुपियाँदेखि पाँच लाख रुपियाँसम्म ऋण उपलब्ध गराएको छ ।

नगर स्वरोजगार कार्यक्रमअन्तर्गत बिनाधितो निब्र्याजी ऋणको माग गर्दै करिब दुई हजार नौ सय जनाले आवेदन भरेका र तीमध्ये नगरपालिकाले प्रारम्भिक अनुगमन गरी छनोट गरेका उद्यमीलाई ऋण लगानी गरेको नगर स्वरोजगार कार्यक्रम सञ्चालक समितिका सदस्य सचिव एवं कमलामाई नगरपालिकाका उद्योग–व्यवसाय तथा प्रवद्र्धन शाखा प्रमुख सुलोचना लुइँटेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त ऋण पाउनेमा उच्च शिक्षा अध्ययन, बाख्रापालन, ब्युटिपार्लर, सिन्का उद्योग, कुखुरापालन, सैलुन व्यवसाय, इलेक्ट्रोनिक तथा फोटो स्टुडियोका लागि, मासु पसलका लागि, बङ्गुरपालनका लागि एक/एक जना तथा कृषि तथा पशुपन्छी व्यवसायका लागि दुई जना रहेका छन् ।
चालू आर्थिक वर्ष २०७७/७८ मा नगर स्वरोजगार कार्यक्रमका लागि एक करोड रुपियाँ विनियोजन गरेको र सोही रकमबाट बिनाधितो निब्र्याजी ऋण लगानी सुरु गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार पहिलो दिन ४४ लाख रुपियाँ ऋण प्रवाह भएको छ । उक्त कार्यक्रमअन्तर्गत ऋण लिने व्यक्तिले सुरु पाँच महिनासम्म किस्ता तिर्नु पर्दैन । त्यसपछि १९ महिनामा किस्ताबन्दी रूपमा ऋण नगरपालिकालाई तिर्नुपर्ने हुन्छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu