Connect with us
Kapilvast Forest

राष्ट्रियस्तरको हाजिरीजवाफमा बुटवलको न्यू होराइजन प्रथम

२०७८, ३१ जेष्ठ सोमबारमा प्रकाशित

 

काठमाडौँ- कोरोना महामारीका कारण भर्चुअल (अनलाइन) विधिबाट राष्ट्रियस्तरको हाजिरीजवाफ प्रतियोगितामा बुटवलको न्यू होराइजन इंलिस बोर्डिङ स्कुल प्रथम भएको छ ।

प्याब्सन, एन प्याब्सन र हिसानले संयुक्तरुपमा आयोजना गरेको राष्ट्रियस्तरको हाजिरीजवाफ प्रतियोगितामा देशका ४७ जिल्लाका दुई सय विद्यालयले भाग लिएका थिए । पहिलो चरणमा ११७ विद्यालय छनोट भएका र ती मध्येबाट ३६ विद्यार्थी जना बीच फाइनलमा प्रतिस्पर्धा भएको प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले बताउनु भयो । नेपाल स्कुल मेला अनलाइन क्विजकन्टेष्ट-२०७८ प्रतियोगितामा न्यू होराइजन इंलिस बोर्डिङको प्रतिनिधित्व कक्षा १० का विद्यार्थी युवराज पन्थी प्रथम भएका छन्। बुटवलकै कान्ति बोर्डिङ स्कुल दोस्रो र दाङको तुलसीपुरस्थित तुल्सी बोर्डिङ स्कुल तेस्रो भएका छन् ।

कान्तिको प्रतिनिधित्व विद्यार्थी अशोक आचार्य र तुल्सीको प्रतिनिधित्व आर्जन बस्नेतले गर्नु भएको थियो । कोरोना महामारीका कारण भर्चुअल (अनलाइन) विधिबाट भएको प्रतियोगितामा प्रथम हुनेले रु २५ हजार, दोस्रोले रु १५ हजार र तेस्रोले रु १० हजार नगद पुरस्कार पाउने छन् । विजेता विद्यार्थीहरुले विभिन्न कलेजमा छात्रवृत्तिमा अध्ययनको अवसर पनि पाउने छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu