Connect with us
Kapilvast Forest

बाढी पसेपछि मनाङमा एक सयभन्दा बढी घर विस्थापित

२०७८, १ असार मंगलवारमा प्रकाशित

 

लमजुङ-अविरल वर्षापछिको बाढीले हिमाली जिल्ला मनाङको एक सयभन्दा बढी घर विस्थापित भएका छन् । सोमबारदेखि निरन्तर परेको अविरल वर्षापछि आएको बाढीले सदरमुकाम चामेबजारका करिब ६० घर र नासों गाउँपालिका १ तालगाउँका ४८ घर विस्थापित भएका हुन् ।

चामेबजार तल रहेको मर्स्याङ्दी नदीमा पानीको बहाव बढेर आएको बाढीले बजारका करिव तीनसय नागरिकलाई मनाङको नवनिर्मित भवनमा सारिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । उहाँका अनुसार मर्स्याङ्दी नदी नजिक भएका र बाढी पसेका घरका नागरिकलाई सारिएको हो । ‘सोमबारदेखि ठूलो पानी प¥यो । मंगलबार बिहान बस्तीमै बाढी पस्यो । अधिकांश घर जोखिममा प¥यो । बजारपारीको तातोपानी कुण्ड क्षेत्रको ५ वटा घर पूर्णरुपमा डुबानमा छ’ उहाँले भन्नुभयो, ‘पानी परिरहेकाले झन् जोखिम बढ्ने भएकाले सुरक्षित ठाउँमा राखेका छौं ।’

चामेबजार पारीको ५ घर डुबानमा परेको उहाँले बताउनुभयो । यस्तै, नासों गाउँपालिका १ को तालगाउँका ४८ घरनै डुबानमा परेको छ । २५ घरको पहिलो तल्लासम्म पानी परेको छ । अन्य घरमा पनि पानी पसेको स्थानीयले बताएका छन् । स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ ।

उनीहरु स्थानीय सिरानताल, म्यार्दीतिर गएर बसेका छन् । मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्दै जाँदा पानी थुनिएर बस्तीमाथि डुबाउँदै आएको स्थानीय मिनराशी गुरुङले बताउनुभयो । नागरिकको उद्धारका लागि प्रहरी, सेना खटिएका छन् । उनीहरुले स्थानीयलाई सुरक्षित ठाउँमा लैजाने काम र सामान ओसार्ने काम गर्दै आएका छन् ।

स्थानीयका अनुसार गाउँसँगै विद्यालय र वडा कार्यालय पनि डुबानमा परेको छ । बाढीका कारण विजुलीका पोलहरु ढलेको छ । बिजुली अवरुद्ध भएको छ । टेलिफोनमा पनि समस्या आएको प्रशासनले जनाएको छ ।
वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज बगाएको छ । सोमबार साँझदेखि परेको भीषण वर्षाले तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघु जलविद्युत पनि बगाएको स्थानीयले बताएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu