Connect with us
Kapilvast Forest

मेलम्ची बजारमा घरको छतमा मानिसहरु फसे, उद्धारको प्रयास जारी

२०७८, २ असार बुधबारमा प्रकाशित

काठमाडौं- सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित एउटा घरको छतमा चार जना फसेका छन् । उनीहरुलाई उद्धारको प्रयास भइरहेको छ ।उनीहरुलाई उद्धार गर्न नेपाली सेनाको टोली हेलिकप्टरबाट गइसकेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिनु भयो । ‘टाढाबाट हेर्दा घरको छतमा चार जना देखिन्छन्, उद्धारको लागि उनीहरुले हारगुहार गरेको देखिन्छ,’ पौडेलले भन्नु भयो , ‘त्यहाँको परिस्थिति हेरेर सेनाको टोलीले उद्धार गर्छ ।’

 

पौडेलका अनुसार सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टर परिचालन गरिएको छ । खोज तथा उद्धारमा सेनाको विशेष तालिमप्राप्त टोली खटाइएको उहाँले जानकारी दिनु भयो ।

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा मंगलबार साँझ आएको बाढी–पहिरोमा परी सात जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले पुष्टि गर्नु भएको छ । सडक तथा पुल बगाएर यातायात सम्पर्क विच्छेद भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu