Connect with us
Kapilvast Forest

कपिलवस्तुका ३ पालिकाले असार १०मै बजेट ल्याउने

२०७८, ३ असार बिहीबारमा प्रकाशित

 

कपिलवस्तु- कपिलवस्तुका ३ पालिकाले असार १० मे प्रस्तुत गर्ने भएका छन ।कपिलवस्तुको शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिका र विजय नगर गाउँपालिकाले चालु आवको भन्दा आव ०७८र०७९ को वजेट असार १० र्म प्रस्तुत गर्ने पालिकाका प्रमुखहरुले बताउनुभएको छ ।

चालु आव मा शिवराज नगरपालिकाले बजेटको आकार बढाउने भएको छ । चालु आवको भन्दा आव ०७८र०७९ का लागि करिव १० प्रतिशतले बजेट बढ्ने नगर प्रमुख नेत्रराज अधिकारीले वताउनु भयो । नगर प्रमुख अधिकारीका अनुसार नगरले यहीँ असार १० गते बजेट ल्याउने सबै तयारी गरेकोछ ।

१ अरव बढीको वजेट आएपनि धेरै रकम चालु खर्चकालागी हुने भएकाले विकास निर्माणमा श्रोत अभावहुने उहाँको भनाइछ ।

यस्तै कपिलवस्तु नगरपालिकाले पनि असार १० मै बजेट ल्याउने भएको छ । नगरको वजेटमा करिव १० प्रतिशतले बृद्धि हुने अनुमान रहेको मेयर किरण सिंह्लेले जानकारी दिनु भयो । एक अरव भन्दा माथिको बजेट रहने उहाले प्रष्टाउनु भयो । यता कपिलवस्तुको विजयनगर गाउँपालिकाले पनि असार १० गते बजेट ल्याउने भएको छ । बिभिन्न क्षेत्रका सरोकारवालाबाट सुझाव संकलन गरी आर्थिक बर्ष २०७८ र ०७९ को वजेट ५१ करोडको सेरोफेरोमा ल्याउने तयारी भएको अध्यक्ष गोपाल वहादुर थापाले वताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu