Connect with us
Kapilvast Forest

किसानलाई यस वर्ष मल पाउन सहज

२०७८, ५ असार शनिबारमा प्रकाशित

mal

 

बाँके-बाँकेमा यस वर्ष किसानले सहजै रासायनिक मल प्राप्त गरेका छन् । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीले सहकारीमार्फत किसानहरूलाई मागअनुसारको रासायनिक मल उपलब्ध गराइरहेको जनाएका छन् ।
कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रमेश पौडेलले पछिल्लो समय दैनिकजसो कार्यालयमा रासायनिक मल आउने र सहकारीलाई तत्कालै उपलब्ध गराइरहेको बताउनुभयो ।

“कम्पनीमा शुक्रबार मात्रै पाँच हजार बोरा युरिया मल आइपुगेको छ । यस वर्ष किसानका लागि मलको अभाव अहिलेसम्म छैन,” कार्यालय प्रमुख पौडेलले भन्नुभयो, “अहिले किसानले मागेअनुसारको मल पाइरहेका छन् । ”

चालू आवमा करिब दुई हजार ५०० मेट्रिक टन मल नेपालगञ्ज आइपुगेको छ । कृषि सामग्री कम्पनीले निषेधाज्ञालाई मध्यनजर गर्दै एक दिनमा एउटा स्थानीय तहका सहकारीलाई मात्रै मल उपलब्ध गराउँदै आएको छ ।

अहिले मलको अभाव नरहेको भन्दै उहाँले साउन १५ पछि थप मलको आवश्यकता पर्ने बताउनुभयो । जिल्लाका सहकारीहरूले कृषि सामग्री कम्पनी र साल्ट्र ट्रेडिङसँग मल खरिद गरी किसानलाई उपलब्ध गराउँदै आएका छन् ।साल्ट्र ट्रेडिङ नेपालगञ्जका प्रमुख मनोज चौधरीले अहिले कार्यालयमा मलको पर्याप्तता रहेको जानकारी दिनुभयो ।

“कार्यालयले बाँके र बर्दियामा सहकारीलाई मल उपलब्ध गराउँदै आएको छ,” कार्यालय प्रमुख चौधरीले भन्नुभयो, “करिब १० हजार बोरा युरिया, डीएपी मल अहिले मौज्जात छ । ” कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल सहकारीमार्फत किसानलाई उपलब्ध गराउँदै आएका छन् । ग्रामीण क्षेत्रमा रहेका सहकारीमा यस वर्ष किसानहरूले सहजै मल पाएको बताएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu