Connect with us
Kapilvast Forest

कृष्णनगरबाट बाख्राको खोरमा लुकाएर राखेको हातहतियार बरामद

२०७८, ५ असार शनिबारमा प्रकाशित

कपिलवस्तु -कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं। ८ लोहरौला बस्ने बर्ष अं।३२ को अस्लम मुसलमानको घरबाट आज दिउँसो ४ बजेको समयमा १ कि।मी।उत्तर पुर्व पर्ने आफ्नै खेतमा फुसले छाएको कच्ची बाख्रा गोठमा लुकाई छिपाई राखेको हातहरियार कपिलवस्तु प्रहरीले बरामद गरेको छ ।

उक्त हातहतियार बारे गोप्य सुचना प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय गणेशपुरबाट प्रनि रण बहादुर विष्टको कमाण्डमा खटिईएको टोली र ईलाका प्रहरी कार्यालय बहादुरगंजबाट प्रनानि गगन शाहीको कमाण्डमा खटिएको संयुक्त टोलीले खानतलासी गर्दा गोठको छानोको खरमुनि बोरा भित्र लुकाई छिपाई राखेको अवस्थामा हातहतियार बरामद गरेको जनाएको छ ।

१२ बोर बन्दुक २ थान, सर्टगनमा लाग्ने लाईभ कार्टिज (जंगी राउण्ड)५ थान, सर्टगनको पड्किएको खोका ११ थान, अं।३०० ग्राम बारुद जस्तो देखीने कालो धुलो पदार्थ, ५७ वटा छर्रा र ३ वटा जनावरलाई पासो लगाउने जाल फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।कपिलवस्तु प्रहरी अनुसार अन्दाजी ३२ बर्षिय अस्लम मुसलमानको खोत तलास भईरहेको जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu