Connect with us
Kapilvast Forest

महाराजगन्जमा विश्वयोग दिवस मनाइयो

२०७८, ७ असार सोमबारमा प्रकाशित

मोहम्मद इरफान मन्सुरी-
कपिलवस्तु- कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नं -१ मा रहेको जानकी मन्दिरमा हिन्दु युवा शक्तिका सदस्यहरु विश्व याेग दिवस मनाएका छन ।

धार्मिक विश्वास अनुसार भगवान शिवद्वारा अनुसरण् गरिएको पद्धति योग शब्दको सामान्य अर्थ सम्बन्ध वा जोड हो । विविध आसन, अभ्यास, साधना,ध्यान आदिका माध्यमबाट मन र शरीरलाई जोड्ने प्रक्रिया योग हो ।                                                                                     पुर्विय दर्शन र शास्त्रहरूमा आदिमकालदेखि योग शव्दको प्रयोग हुदै आएको छ। हिन्दू धर्मशास्त्रमा आत्मदर्शन र समाधीदेखि लिएर कर्मक्षेत्रसम्म योगको ब्यापक प्रयोग भएको छ।                                                      बदलिँदो जीवनशैलीका कारण उत्पन्न हुने विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक तनाव समाधान गर्न का लागि याेग नै राम्रो उपाय रहेको पाइन्छ ।

योगमा गरिने आसनले मुटु र रक्तनलीसम्बन्धी समस्या र मधुमेह आदि जस्ता रोगबाट जोगाउँछ, डाक्टरहरु भन्छन्, ‘प्राणायामले शरीरमा अक्सिजनको प्रवाह बढाएर छाला र श्वास–प्रश्वाससम्बन्धी रोग,क्यान्सरलगायतका जटिल रोगबाट जोगाउँछ वा यसको विस्तारलाई कम गर्छ ।’ योगअन्तर्गतको ध्यानले हाल समाजमा अत्यधिक देखिन थालेको उदासीपन, तनाव र छटपटी आदि कम गर्ने उनी बताउँछन् ।                                                         पछिल्लो दशक नेपालमा कुनै न कुनै रूपमा, जानी नजानी योग गर्ने क्रम देखिएको छ । योग गर्नेहरू ग्रामीण क्षेत्रको दाँजोमा सहरमा बढी छन् ।

रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ। बुढेसकालमा पनि जवान झैं स्वस्थ र स्फूर्त बनाउँछ भने योगका आसनहरूले मांसपेशीलाई बलियो बनाउँछ। योगले तनाव भगाउँछ। मीठो निद्रा लगाउँछ। भोक जगाउँछ र पाचन प्रक्रियालाई सही ढंगबाट चलाउँछ। प्राणायामले स्वासप्रश्वासको गति नियन्त्रण गर्छ। हाम्रो स्मरण शक्ति बलियो हुन्छ र शरीरलाई थप शक्ति प्राप्त हुन्छ अन्य धेरै हाम्रो जीवन मा परिवर्तन आउछ याेग गरे बपात । हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागु प्रसाद पाण्डे ले बताउनु भयो ।

कपिलवस्तु हिन्दु युवा शक्ति कपिलवस्तु अध्यक्ष फागु प्रसाद पाण्डे , महासचिव विष्णु प्रसाद तिवारी , सचिव अभिषेक माणी यादव , प्रवक्ता माेतिलाल मिश्र र सल्लाहकार बुदिनाथ गाैड लगायतको सहभागीता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu