Connect with us
Kapilvast Forest

किशोरीहरुको उच्च शिक्षाका लागि साईकल वितरण

२०७८, ९ असार बुधबारमा प्रकाशित

cycle_Newscenternepal

कपिलवस्तु. दक्षिणी भेगका किशोरीहरुको उच्च शिक्षामा पहुच बढाउन कपिलवस्तुको यशोधरा गाउपालिकाले छात्राहरुलाई साईकल बितरण गरेको छ । गाउँपालिकामा रहेकोसामुदायिक विद्यालयमा अध्ययरत कक्षा १० र १२ का छात्राहरुलाई साईकल बाडिएको हो ।

उच्च शिक्षामा पहुच बढाउन पठन पाठनमा सहज वातावरण एवं विद्यालय आवत जावतमा सजिलोकालागि उनीहरुलाइृ साइकल बाडिएको हो । गाउँपालिकाका अध्यक्ष गिरजेश कुमार पाण्डेय उपाध्यक्ष श्री कन्यावती उपाध्याय, वडा नं. ६ का वडा अध्यक्ष श्याम नारायण उपाध्याय ं प्रमुख प्रशासकिय अधिकृत तेज बहादुर सिंहले छात्राहरुलाई साइकल हस्तान्तरण गरेका थिए ।

सो अवसरमा अध्यक्ष पाण्डेयले दक्षिणीभभेगका छात्राहरुको उच्च शिक्षामा पहुच बढाउन यो कार्यक्रम अघि ल्याइएको बताए । ‘ घर नजिक बिदालय नहुदा छात्राहरुलाई बिदालय आउजाउ गर्न गाह्रो हुने गरेको थियो, उनीहरुकै सहजतकालागि साईकल बाडिएको हो ’ उनले भने ।

यो अभियानले छात्राहरुको उच्च शिक्षामा पहुच बढाउने उनले बताए । पालिकाले एक दुई दिन मै थप ६२ वटा साईकल बाडने कायृक्रम छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu