Connect with us
Kapilvast Forest

जसपा ठाकुर पक्षको बैठक बस्दै

२०७८, १० असार बिहीबारमा प्रकाशित

काठमाडौं – जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले बैठक बोलाएको छ। अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफू पक्षीय नेताहरुसँग छलफल गर्न लाग्नु भएको छ ।

दिउँसो १ बजे बबरमहलमा उहाँहरू पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न लाग्नु भएको छ । सर्वोच्चको अन्तरिम आदेशपछि अब अगाडि कसरी बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ।

सर्वोच्चको अन्तरिम आदेशपछि जसपाका दुई राज्यमन्त्री र ९ जना मन्त्रीको पद गएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग अब कसरी सहकार्य गर्ने र पार्टीको आन्तरिक विवाद कसरी समाधान गर्ने भन्ने विषयमा आज छलफल हुने बताइएको छ।

जसपामा ओली सरकारमा जाने कि नजाने भन्नेमा विवाद थियो । अध्यक्ष ठाकुर पक्ष सरकारमा गएको थियो भने अर्का अध्यक्ष उपेन्द्र यादव विपक्षी गठबन्धनतर्फ लागेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीका लागि अगाडि सार्दै हस्ताक्षर गर्नु भएको हो ।

अध्यक्ष ठाकुर र यादवले एकअर्कालाई कारबाहीसमेत गर्नु भएको थियो । तर निर्वाचन आयोगले ठाकुर र यादव दुबै पक्षको कारवाहीलाई कार्यान्वयनमा ल्याएको छैन।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu