Connect with us
Kapilvast Forest

६० प्रतिशतले बढ्यो मोटरसाइकल आयात

२०७८, ११ असार शुक्रबारमा प्रकाशित

काठमाडौँ -अघिल्लो वर्षको बन्दाबन्दीयता मोटरसाइकल तथा स्कूटरको आयात बढ्दै गएको छ । कोरोनाले अन्य थुप्रै व्यवसाय धराशयी भएपनि मोटरसाइकलको आयात भने बन्दाबन्दी खुलेपछि गतवर्षको साउनदेखि बढ्दै गएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ११ महीनामा मोटरसाइकलको आयात ६० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा कुल २ लाख २ हजार ५६२ वटा मोटरसाइकल आयात भएकोमा यस वर्ष आयात वृद्धि भई ३ लाख २३ हजार ४६० पुगेको छ । यस अवधिमा मोटरसाइकल आयातका लागि कुल रू। ३० अर्ब बाहिरिएको छ । अघिल्लो वर्ष नेपालमा रू। १८ अर्ब २४ करोडको मोटरसाइकल आयात भएको थियो ।

२०७६ चैत दोस्रो सातादेखि सरकारले नेपालमा कोरोनाको संक्रमण देखिन थालेपछि बन्दाबन्दी गरेको थियो । ३ महीना लामो बन्दाबन्दी असारबाट खुकुलो भएकोमा साउनदेखि नै दुईपांग्रे सवारीको आयात बढ्दै गएको थियो ।

नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालका अनुसार कोरोना संक्रमणपछि निजी सवारीप्रतिको आकर्षण थप बढेको छ । ‘तथ्यांकले भने जस्तो त्यति ठूलो संख्यामा सवारी बढेको हो कि होइन भनेर हेर्नैपर्छ तर निजी सवारीको माग भने बढ्दै गएको छ,’ उहाँले भन्नु भयो , ‘बजेटपछि चारपांग्रे सवारीको माग पनि बढ्दो देखिएको छ ।’

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले पनि सवारीसाधनको माग बढेको बताउनु भयो । विदेश जाने क्रम घटेको, कोरोनापछि सार्वजनिक यातायातमा संक्रमणको जोखिम भएकाले दुईपांग्रे सवारीको विक्री बढेको उहाँले बताउनु भयो । ‘बीचमा बन्दाबन्दी भएका कारण १२ महीनाको विक्री ९ महीनामा खुम्चिएकाले पनि महीनाअनुसार धेरै बढेको देखिएको हो तर समग्रमा भने सामान्य वृद्धि भएको हो,’ उहाँले भन्नु भयो ।

यो अवधिमा कुल वैदेशिक व्यापार २४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्षको निर्यात ३८ प्रतिशतले बढेको छ भने आयात २६ प्रतिशतले बढेको विभागले बताएको छ । विभागका अनुसार यस अवधिमा सबैभन्दा बढी डिजेलको आयात भएको छ । त्यसपछि पेट्रोल र तेस्रोमा सवारीसाधनको आयात बढेको छ ।

आजको आर्थिक अभियान दैनिकबाट

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu