Connect with us
Kapilvast Forest

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री श्रेष्ठले भने:जनताले चुनाव अघि खोप लगाउन पाउनेछन्

२०७८, ११ असार शुक्रबारमा प्रकाशित

काठमाडौं – शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मध्यावधि चुनाव अघि नै जनताले कोभिड-१९ विरुद्धको खोप लगाउन पाउने बताउनुभयो ।शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै मन्त्री श्रेषठले भन्नुभयो जनताले नो भोट, नो खोप भन्नुभएको छ । हामी एस खोप, एस भोट गराउँछौं ।’

खोपको सम्बन्धमा छिटै चमत्कारिक सफलता प्राप्त हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो , ‘आगामी वर्षभित्र सबै नागरिकले खोप पाउनेछन् । प्रधानमन्त्रीको पनि यही चाहना छ ।’प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबै नेपाली जनताले कोभिड(१९ विरुद्धको खोप लगाउन पाउने बताउनुभएको थियो ।

कर्मचारीसँगको ब्रिफिङमा मन्त्री श्रेष्ठले संकटमा लड्नका लागि कर्मचारीको मुख्य भूमिका रहने भन्दै सहयोगका लागि आग्रह समेत गनुृ भयो । उहाँले भन्नुभयो ‘विगतमा जे भयो(भयो, वर्तमानमा राम्रो साथ र सहयोग चाहन्छु ।

अन्तरआत्मादेखि यहाँहरूको सहयोगको अपेक्षा राख्छु । सबलै विश्वासका साथ काम गर्‍यो भने मात्रै चूनौतीको सामना गर्न सकिन्छ । तपाईंहरू स्थायी सरकार हो, हामी मन्त्री यहाँ बोल्दा(बोल्दै पद जान सक्छ । त्यसैले संकटमा लड्न तपाईंहरूको भुमिका मुख्य हुन्छ ।’मन्त्री श्रेष्ठले शुक्रबार श्रम तथा रोजगार मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu