Connect with us
Kapilvast Forest

प्रचण्डको पूर्व राजा गुहार्ने काम पनि पूरा भयो :मुख्यमन्त्री पोखरेल

२०७८, ११ असार शुक्रबारमा प्रकाशित

काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट पूर्व राजालाई गुहार्ने काम पनि पूरा भएको बताउनुभएको छ ।

राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्वराजालाई गुहार्न बाँकी रहेको र त्यो काम बिहीबार प्रचण्डले पूरा गरेको नेता पोखरेलको टिप्पणी छ।

बिहीबार सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले ‘अहिलेको राष्ट्रपति संस्थाभन्दा त उति बेलाका राजा नै ठीक’ भन्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले इज्जत, मान र प्रतिष्ठा गुमाएको उल्लेख गर्दै उहाँले अहिलेको राष्ट्रपति संस्थाभन्दा राजा नै ठीक रहेको बताउँदै भन्नुभएको छ । ‘

कमसेकम राजाको सान त थियो।’ प्रचण्डको यो अभिव्यक्तिप्रति लक्षित हुँदै पोखरेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ , ‘राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्व राजालाई गुहार्न बाँकी थियो, हिजोबाट त्यो पनि पूरा भएछ। राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रह्यो ?

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu