Connect with us
Kapilvast Forest

विद्यार्थीको घरदैलोमा शिव मा.वि.

२०७८, ११ असार शुक्रबारमा प्रकाशित

शिवकुमार बेल्वासे -कपिलवस्तुको विजयनगाउँपालिका वडा नम्बर ५ डालपुरमा रहेको शिव माध्यमिक विद्यालयले शतप्रतिशत भर्ना अभियानलाई सफल पार्न दैनिक विद्यार्थीको घरदैलोमा पुगेर भर्ना गरिरहेकोछ।

औपचारिक शिक्षाबाट कोही पनि बञ्चित हुन नपरोस् भन्दै यो महामारीको समयमा पनि सुरक्षाका मापदण्ड पालना गर्दै पहिलो चरणको भर्ना अभियानमा सरिक भएको विद्यालयका प्रधानाध्यापक बालजी यादवले बताउनुभयो ।विशेष गरेर यो क्षेत्र विकट र अशिक्षित समुदायका मानिसको बसोबास भएकोले घरघरमा पुगेर अभिभावकलाई शिक्षाको बारेमा जानकारी गराउँदा उनीहरूमा अझ विश्वास बढ्ने उहाँले बताउनुभयो

। विद्यालयले असार १ गतेबाट विद्यार्थी भर्ना गरि विद्यार्थीको हातहातमा पुस्तक पुराउन लागीपरेको छ।पहिलो चरणको घर दैलो अभियानमा विद्यालयले डालपुर,देवीपुर, नवरंगिया नयाँबस्ती , दत्तपुर, ठाकुरापुर, कटुवा र बनगाईतर्फ घरदैलो गरेको हो ।बाँकी ठाउँमा पनि १५गतेसम्म सक्ने गरि तालिका बनाएको शिक्षक बालजी कलवारले बताउनुभयो ।दोस्रो चरणको भर्ना अभियान असार मसान्तसम्म रहेको विद्यालयले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu