Connect with us
Kapilvast Forest

निर्वाचन समिति गठन

२०७८, १७ असार बिहीबारमा प्रकाशित

काठमाडौं-गैरआवासीय नेपाली सङ्घले निर्वाचन समिति गठन गरेको छ ।सङ्घका अध्यक्ष कुमार पन्तले आगामी अक्टोवरमा १० औं अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने सङ्घको पदाधिकारीको निवार्चन सम्पन्न गर्नका लागि विधानको उपदफा २१.१ बमोजिम निर्वाचन समिति गठन गर्नुभएको हो ।

समितिको प्रमुख निर्वाचन आयुक्तमा वरिष्ठ अधिवक्ता लिलामणी पौड्याल (नेपाल) रहनुभएको छ । त्यस्तै सदस्यहरुमा सङ्घका संरक्षक राम प्रताप थापा (जर्मनी), डा. गणेश गुरुङ (नेपाल), डा. देवकाजी डङ्गोल (कतार), चिरिञ्जवी ढकाल (युके), डा. विष्णुमाया परियार (युएसए) रहनुभएको छ भने समितिको सदस्य सचिवमा भूषण घिमिरे जापान रहनुभएको सङ्घको सचिवालयले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu