Connect with us
Kapilvast Forest

शंकाको लाभ लिएर जेठ २ मा फर्कियौं :ओली

२०७८, १८ असार शुक्रबारमा प्रकाशित

  काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शंकाको लाभ लिएर पार्टीलाई जेठ २ मा फर्काएको दाबी गर्न भयो । बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले आफूहरुको हजारौं प्रयासका बाजजुद पार्टीलाई एक हुन नदिइएको बताउनुभयो ।

आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउन राष्ट्रपति कहाँ जानु लाजमर्दो भएको उहाँले बताउनुभयो । उहाँले अघि भन्नभयो , ‘एकातिर अदालतको फैसला, अर्कातिर एकता हुन्छ भने शंकाको लाभ दिएर जेठ २ पुनस्र्थापना गरिएको हो ।

शहरमा एमाले सिध्दियो भन्ने प्रचार गरिएको भए पनि राजनीति एमाले वरिपरि नै घुम्ने उहाँले बताउनुभयो । जापान, भारत र बेलायतमा लामो समयसम्म एउटै पार्टी सत्तामा रहेपनि पछि अरू आएको उदाहरण दिँदै उहाँले भन्नुभयो , हाम्रोमा सधैं हामी नै सत्तामा हुन्छौं भन्ने होइन तर हामीलाई टक्कर दिने कोही छैन ।’

‘हिजो हामीलाई ढाल्न खोजे, सकेनन् । आज जोड दिएर भन्छु– फेरि पनि हामीलाई ढाल्न सक्ने छैनन् । ढालिहालेमा कतिलाई ६ महिनामा मूल ढोकाबाटै आउँछौं ।’

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu