Connect with us
Kapilvast Forest

महराजगंजमा लोकप्रिय कार्यक्रमहरुको शुरूवात

२०७८, १९ असार शनिबारमा प्रकाशित

बृजेश यादव कपिलवस्तु-
कपिलवस्तुको महाराजगंज नगरपालिकाले नि शुल्क स्वास्थ्य शिबिर सन्चालन गरेको छ । नगर भित्र रहेका उच्च रक्तचाप र सुगर रोगका बिरामीको उपचर सहीत निःशुल्क औषधी बितरण गर्ने अभियानको सुरुवात गरेको छ ।मुख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रमको सहयोगमा ‘ स्वास्थय जीवनको आधार महाराजगंजको सरोकार ’ भन्ने नारासहीत नगरपालिका– १० स्थित हरदौना स्वास्थ्य चौकीबाट सो अभियान सुरुवात गरिएको हो ।

यससंग अब देखि नगर क्षेत्र भित्र रहेका उच्च रक्तचाप र सुगरका बिरामीले मासिक रुपमा एक पटक स्वास्थ्य जाच सहित औषधी समेत निःशुल्क औषधि बितरण गर्नेछ ।

अभियानको नगर प्रमुख अब्दुल कलाम खाँले उदघाटन गर्दै नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतमा राखेको बताए । ‘ उच्च रक्तचाप र सुगरका बिरामीहरु धेरै छन, तिनीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै यो कार्यक्रम राखेका हौ ’ उनले भने । यो अभियानले ती दुबै रोगका बिरामीहरुलाई केही भए पनि राहत मिल्ने उनले बताए । प्रमुख प्रशाकीय अधिकृत बेद प्रसाद खरेलले मेयरको सकृयतामा नै यो लोकप्रिय कार्यक्रम ल्याइएको बताए ।

‘ हाम्रो यो कार्यक्रमले नगर भित्र रहेका ब्लडप्रेसर र सुगरका बिरामीहरु लाभान्वित हुनेछन उनले भने । मुलक भित्र रहेका अन्य पालिकाका लागि पनि यो काम उदरहणीय हुने उनले बताए । यो अभियानका लागि नगरपालिकाले ३० लाख रुपैया बिनियोजन गरेको छ ।

महाराजगन्ज नगरपालिकाले आगामी आर्थिक बर्ष देखि गर्भावती महिलाहरुको लागि नि शुल्क भिडियो एक्सरे सेवा शिबिर मार्फत संचालन गर्ने नगर उप प्रमुख शुभावती कुर्मीले बताउनु भयो ।

यो कार्यक्रम अर्न्तर्गत बिरामीको मासिक एक पटक जाच गरिन्छ । एक मुस्ठरुपमा एक महिनाकालागि निःशुल्क औषधी दिईन्छ । यो अभियान भोलि भलवारी स्वास्थ्य चौकीमा पनि संचालन हुने नगर स्वास्थ्य संयोजक ईश्वरी प्रसाद न्यौपानेले जानकारी दिनु भयो ।

त्यसै गरि महिलाहरुका लागि पाठेघरका नि शुृल्क जाच तथा स्क्रिीनङ गरिएको छ । महिला रोग विशेषज्ञ बाट सो सेवा उपलब्ध गराईएको हो । पाठेघरका समस्या भएका बिरामीलाई थप उपचारकालागि भैरहवा पाठईने प्रमुख प्रशाकीय अधिकृत खरेलले बताउनु भयो ।

घर आगन मै सेवा पाए पछि सेवा ग्राही खुसी भएको मुख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रमको सहजकर्ता रुकैया खातुनले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu