Connect with us
Kapilvast Forest

सविधान पुस्तिकामा चुच्चे नक्सा नह्नु दुर्भाग्य: डा. देवकोटा

२०७८, २१ असार सोमबारमा प्रकाशित

khimlala devkota

 

काठमाडौं-राष्ट्रियसभा सदस्य डा। खिमलाल देवकोटाले सरकारले पुरानै नक्सा प्रचलनमा कायमै राखेको भन्दै आपत्ति जनाउनु भएको छ ।

राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि सोमबारको बैठकमा पहिलो पटक बोलेका देवकोटाले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा, जुन चुच्चे नक्साका रुपले पनि चर्चित छ, त्यसको प्रयोगमा जोड दिनु भएको छ ।

 

राष्ट्रियसभा अध्यक्षले आफूलाई सपथ खुवाएर सांसद पदको लोगो लगाइदिनुका साथै संविधानको पुस्तिका, प्रतिनिधिसभा र राष्ट्रियसभाको नियमावली, डायरी भएको झोला दिएको भन्दै उहाँले भन्नु भयो ‘दुर्भाग्य यहाँले मलाई दिनुभएको संविधानको पुस्तिकामा, डायरीमा र प्रतिनिधिसभाको नियमावलीमा पुरानै नक्सा छ ।’

उहाँले अघि भन्नु भयो , ‘सरकारका अंगहरुलाई नयाँ नक्सा प्रयोग गर भनेर निर्देशन दिने निकायले यसरी पुरानै नक्सा अंकित दस्तावेजहरु प्रयोग गर्न मिल्ला र अध्यक्ष महोदय रु’ आफूलाई दिएको डायरीमा त प्रदेशहरुको नाम समेत अंकमा रहेको उहाँले बताउनु भयो । संसदको वेबपेजमा पनि पुरानै नक्सा अंकित संविधानको दस्तावेज रहेको र सरकारी वेबसाइटमा पनि त्यस्तै भएको उहाँले बताउनु भयो ।

उहाँले अघि भन्नु भयो , ‘मैले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय लगायत अधिकांश मन्त्रालयका वेबपेजहरुमा संविधानको दस्तावेज देखिन । भएको पनि त्यही पुरानो नक्सा भएको छ । यो त हाम्रो संविधानप्रति भद्दा मजाक होइन र

राष्ट्रियसभा सदस्य डा। भट्टराईले संघीय सरकारमा सबै मैले गर्ने हो भने केन्द्रीकृत सोच र मानसिकता देखिएको बताउनु भयो । प्रदेश र स्थानीय तहमा कर्मचारीको ठूलो समस्या रहेको, २०३ वटा स्थानीय तह निमित्तको भरमा चलिरहेको र अधिकांश वडामा वडासचिव नभएको भन्दै उहाँले भन्नु भयो , ‘कर्मचारी समायोजनमा प्रदेश र स्थानीय तहलाई अवमूल्यन हुने गरी गरिएको छ ।’

अर्का राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले ठूलो दल विभाजन उन्मुख हुनु दुःखद भएको बताउनु भयो । राष्ट्रिय सहमति बनाएर जान सके संघीयता तथा लोकतन्त्रविरुद्ध उठ्ने आवाज निस्तेज पार्न सकिने उहाँले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu