Connect with us
Kapilvast Forest

आज पनि बस्दै एमाले कार्यदलको बैठक

२०७८, २२ असार मंगलवारमा प्रकाशित

काठमाडौं, असार २१ गते । नेकपा एमाले भित्रको अन्तरविरोध समाधान गर्न सक्रिय कार्यदलको बैठक सम्पन्न भएको छ । साथै वार्ता सकारात्मक र सौहार्दपूर्ण रहेको बताइएको छ । माधवकुमार नेपाल पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले वार्ता पछि पत्रकारहरूसँग भन्नुभयो, ुएक आपसमा अत्यन्तै सकारात्मक ढङ्गले सौहार्द वातावरणमा वार्ता भयो र हामी आशावादी बन्ने अबस्था बनेको छ ।ु

उहाँले पार्टी कार्यकर्ता र आम जनताको चहाना एमाले पार्टी एकता टुटनु हुँदैन भन्ने भएकाले पर्टी भित्रका असहमति बारे छलफल गरेर निकास खोज्ने र त्यही अनुसार छलफल अगाडि बढाउने बारे विषयवस्तु अगाडि बढेको बताउनुभयो ।
सोमबारको बैठकमा यस अघि भएका अनौपचारिक औपचारिक छलफलका विषयहरु रिपोटिङ्ग हुनुका साथै सहमतिको बातावरण कसरी बनाउँन सकिन्छ भन्नेमा सकारात्मक रुपमा केन्द्रित बनेको विष्टको दावी छ ।

यसै गरी वार्तामा माधव नेपाल पक्षका तर्फबाट सहभागी रघुजी पन्तले वार्ता सकारात्मक रहेको र आज पुनः १ बजे बस्ने तय भएको बताउनुभयो । त्यस्तै नेपाल पक्षीय नेता भीम रावलले बैठक नियमित रुपमा अघि बढाउने निर्णय गरेको बताउनुभयो । उहाँले सोमबार कुनै विषयमा प्रवेश नगरेको र एमालेका आन्तरिक समस्याका बारेमा गम्भीर छलफल गरे जाने तय गरेको बताउनुभयो ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu